• ७ मंसिर २०८१, शुक्रबार

दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकबाट सात लाख हस्तान्तरण

blog

मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङ्गका परिवारलाई योजना बमोजिम बीमा बापत सात लाख रुपियाँ हस्तान्तरण । तस्बिर : मेगा बैंक

काठमाडौं, असोज १२ गते । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैङ्क नेपाल लिमिटेडले बीमा बापतको रकम प्रदान गरेको छ ।

मेगा बैङ्कमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका नेपाली सेनाका रामबहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत सात लाख रुपियाँ हस्तान्तरण गरेको हो ।

प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बुधबार विराटनगरमा एक कार्यक्रमका बीच रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैङ्कको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोल्नुभएको थियो । विसं. २०७८ मा सवारी दुर्घटनामा परी उहाँको निधन भएको थियो । बैङ्कले तलबी खातामा बीमा सुविधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताउनुभयो ।

न्यूनतम एक हजार रुपियाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैङ्कले हरेक खातावालाको सात लाख रुपियाँको दुर्घटना बिमा गरिदिएको छ । ग्राहक र उहाँहरूका परिवारलाई भइपरी आउने यस्ता घटनाबाट केही वित्तीय राहत मिलोस् भनेर बैङ्कले ग्राहकहरूका लागि यो योजना ल्याएको हो ।