• १२ साउन २०८१, शनिबार

पिङको रमाइलोले बालबालिकामा थपियो उत्साह (फोटो फिचर)

blog

रेखीराम राना

पाल्पा, असोज १९ गते । यो वर्ष पाल्पाको विभिन्न स्थानमा राखिएको लिङ्गे पिङ्ले दशैं पर्वमा रौनकता थपेको छ । स्थानीय बासिन्दाको पहलमा विभिन्न स्थानमा राखिएका पिङले साना बालबालिकादेखि बृद्धलाई मनोरञ्जन दिइरहेको छ ।   

केही वर्षअघिसम्म दशैंका बेलामा छ्यापछ्याप्ती देखिने पिङ् यो वर्ष केही स्थानमा मात्र देखिएको छ । जिल्ला सदरमुकाम तानसेनको टुँ

डिखेल, बाँसटारी, सराई, झडेवा, रामपुर लगायतका क्षेत्रमा लिङ्गे पिङ राखिएको छ । पिङ राखेपछि त्यसमा झुम्मिने मानिसको सङ्ख्या बढेको छ ।