तिलाचन पाण्डे
तम्घास, असोज १९ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै दर्ता भएका हतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै कात्तिक ५ गतेसम्म हतियार बुझाउन आग्रह गरेको गुल्मी प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो ।
प्रशासनले जारी गरेको सूचनालाई अटेर गरेमा कानुनअनुसारको कारबाही गरिने उहाँले बताउनुभयो । प्रशासनले आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन र निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् फिर्ता लैजान पनि आग्रह गरेको छ ।