• १३ असोज २०८१, आइतबार

स्वतन्त्र पार्टीका सभापति लामिछानेद्वारा चितवन २ बाट मनोनयन दर्ता

blog

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा मनोनयन दर्ता । फोटो : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, असोज २३ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको छ ।

चुनाव चिह्न घण्टी बजाउँदै आइतबार दिउँसो साढे २ बजे निर्वाचन अधिकृतको कार्यालय भरतपुर पुगेर लामिछानेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग बोल्नुहुँदै नेता लामिछानेले जीवनभर चितवनकै मान्छे हुने बताउनुभयो । चितवनमै घर बनाउने र चितवनवासीले लगाएको गुन तिर्ने प्रतिक्रिया उहाँले दिनुभयो ।

यस अगाडि चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने तयारी रहनु भएका लामिछाने माओवादी अध्यक्ष प्रचण्ड गोरखाबाट उठ्ने भएपछि क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएको हो । यो क्षेत्रमा एमालेका कृष्णभक्त पोखरेल र सत्ता गठबन्धनबाट कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार हुनुहुन्छ ।