• ११ असोज २०८१, शुक्रबार

विश्वप्रकाश शर्माद्वारा उम्मेदवारी मनोनयन दर्ता

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माद्वारा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता । तस्बिर : रासस

झापा, असोज २३ गते । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

आइतवार महामन्त्री शर्माले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको हो । प्रतिनिधिसभाको २०७४ को निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर १ मा शर्मा पराजित हुनुभएको थियो ।

उक्त क्षेत्रमा नेकपा एमालेको तर्फबाट अग्नि खरेलले उम्मेदवारी दर्ता गर्नुभएको थियो । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले आगामी निर्वाचनमा जितका लागि आत्मविश्वासका साथ उम्मेदवारी मनोनयन दर्ता गरेको बताउनुभयो ।

प्रतिनिधि सभाको निर्वाचन आगामी मङ्सिर ४ गते हुँदैछ । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएपछि महामन्त्री शर्माले गठबन्धनको साझा मुद्दाका साथ आफू चुनावी मैदानमा आएको पनि बताउनुभयो ।