सलिम अन्सारी
बिजुवार, असोज २३ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिट्ब्युरो सदस्य सूर्य थापाले प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानबाट मनोनयन दर्ता गर्नुभएको छ । थापाले जिल्ला सदरमुकाम खलङ्गामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
प्रमुख निर्वाचन अधिकृत देवप्रसाद योगीका अनुसार एमाले नेता थापासँग गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले उम्मेदवारी दर्ता गराउनुभयो । थापासँगै प्रदेशसभातर्फ प्रदेश (क) मा एमालेका तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजालले उम्मेदवारी दर्ता गराउनुभयो ।