• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री देउवाको मनोनयन दर्ता नेत्री डा. राणा देउवाबाट

blog

प्रधानमन्त्री देउवाको वारिसनामा मार्फत मनोनयन दर्ता गराउनुहुँदै प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवा । तस्बिर : पुष्कर भण्डारी

पुष्कर भण्डारी

डडेल्धुरा, असोज २३ गते । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो । 

पार्टी जिल्ला सचिव हेमराज चटौत प्रस्तावक र पार्टी उपसभापति डिल्लीराज जोशी समर्थक रहनुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो । देउवाको मनोनयन दर्ताका लागि राणा शनिबार डडेल्धुरा पुग्नु भएको थियो । 

उहाँसँगै डडेल्धुरामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (एमाले) का बागी उम्मेदवार विक्रम शाही, स्वतन्त्रका उम्मेदवार सागर ढकाल, कर्णसिंह रावल र राप्रपाका गोविन्दराज खडायतले उम्मेदवारी दर्ता गर्नुभएको छ । 

कांग्रेस बीपीका तर्फबाट प्रधानमन्त्री देउवाको स्वकीय सचिव समेत रहनुभएका कांग्रेस पूर्व जिल्ला सभापति कर्णबहादुर मल्लले उम्मेदवारी दर्ता गर्ने जानकारी पाएको उहाँले बताउनुभयो ।