• १३ असोज २०८१, आइतबार

चितवन निर्वाचन क्षेत्र २ मा पोखरेलको उम्मेदवारी दर्ता

blog

उम्मेदवारी दर्तापछि कृष्णभक्त पोखरेल प्रतिक्रिया दिनुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल 

चितवन, असोज २३ गते । चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

कानुन न्याय तथा मानवअधिकार समितिको सभापतिको जिम्मेवारी समेत सम्हालिसक्नु भएका नेता पोखरेलले यो समेत गरेर तेस्रो कार्यकालको लागि उम्मेदवारी दर्ता गर्नुभएको हो । उहाँसँगै प्रदेशसभा सदस्यमा २ को १ मा कृष्ण सिलवाल २ को २ मा देवी ज्ञवालीले उम्मेद्बारी दर्ता गराउनुभयो ।