• १३ साउन २०८१, आइतबार

कैलाली क्षेत्र २ मा रावलको उम्मेदवारी दर्ता

blog

प्रकाशविक्रम शाह

धनगढी, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।  

प्रतिनिधि सभाका लागि एमालेका केन्द्रीय सदस्य झपट रावलले उम्मेदवारी दर्ता गराउनुभएको छ । रावल २०७४ को निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । रावलले अनेरास्ववियू र युवा संघमा लामो समय काम गर्नुभएको थियो । 

यस्तै, कैलाली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट कमला ओली र (ख) बाट एमाले कैलालीका सचिव डेजी पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको छ ।