• १३ साउन २०८१, आइतबार

कैलाली ५ मा एमालेबाट रानाको उम्मेदवारी दर्ता

blog

प्रकाशविक्रम शाह

धनगढी, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले) का उम्मेदवारहरूले आइतबार दिउँसो २ बजे मनोनयन दर्ता गराउनुभएको छ । 

प्रतिनिधि सभाका लागि एमालेका पोलिटव्युरो सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ । राना २०७४ को निर्वाचनमा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँ त्यसअघि संविधान सभाको सदस्य समेत हुनुहुन्थ्यो । 

राजनीतिक स्थायित्व, देशको सीमाको रक्षा, विकास र समृद्धिका लागि आफू उम्मेदवार भएको उहाँले बताउनुभयो । 

यस्तै, कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र (क) बाट अहिलेका प्रदेश सभा सदस्य नेपालु चौधरी र (ख) बाट एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले उम्मेदवारी दर्ता गराउनुभयो ।