• ८ मंसिर २०८१, शनिबार

म्यानचेस्टर सिटी शीर्षस्थानमा

blog

गोल गरेपछि खुसी मनाउँदै म्यानचेस्टर सिटीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज २३ गते । साबिक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–० गोलले हरायो ।

सिटीको सानदार जितमा जोआ कान्सेलो, फिल फोडेन, रियाद महरेज र एर्लिङ हालान्डले गोल गर्नुभयो । कान्सेलोले २०औँ मिनेटमा गोल गर्दै घरेलु टोलीको उत्साह जगाउनुभयो । फोडेनले ३२औँ मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो ।

दोस्रो हाफमा दुई गोल थपेको सिटीका लागि महारेजले ४९औँ र हालान्डले ६५औँ मिनेटमा गोल गर्दै सिटीलाई सजिलै जिताउनुभयो । जितसँगै शीर्षटोली सिटीको नौ खेलबाट २३ अङ्क पुगेको छ । पराजित साउथह्याम्पटन सात अङ्कसहित १६औँ स्थानमा छ । 

शनिबार राति नै भएको अर्को खेलमा टोट्टनहामले ब्राइटनलाई १–० गोललले हराएको छ । अन्य खेलमा चेल्सीले वल्भ्सलाई ३–०, बर्नमाउथले लेस्टर सिटीलाई २–१ र न्युक्यासल युनाइटेडले ब्रेन्टफर्डलाई ५–१ गोलले पराजित गरेको छ । एजेन्सी