• १३ असोज २०८१, आइतबार

दोलखामा कार्की र शिवाकोटीबीच प्रतिस्पर्धा हुने

blog

सुजन काफ्ले 

चरीकोट, असोज २३ गते । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा  निर्वाचनका लागि दोलखामा सत्ता गठबन्धनका गंगा कार्की र नेकपा (एमाले) को तर्फबाट  बालकृष्ण सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको छ ।

एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको दोलखामा प्रतिनिधि सभा माओवादी केन्द्र र दुवै प्रदेश कांग्रेसको भागमा परेको थियो । सोहीअनुरूप गठबन्धनको तर्फबाट  माओवादी केन्द्रका नेता कार्की र एमालेका सिवाकोटीबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रदेश सभातर्फ दुवै प्रदेश क्षेत्रमा कांग्रेसका उम्मेदवारले टिकट पाउनुभएको छ । गठबन्धनका तर्फबाट प्रदेश सभा (क) मा कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले र प्रदेश सभा (ख) मा कांग्रेस दोलखा सभापति बर्मा लामाले टिकट पाउनुभएको छ । 

एमालेले प्रदेश सभा (क) मा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) मा भीमेश्वर नगरपालिकाका निवर्तमान नगरप्रमुख भरतबहादुर केसीलाई उम्मेदवार बनाएको छ ।

एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरिसकेको छ । सत्तारूढ गठबन्धनका टिकट भागबन्डा ढिला भएकाले ४ बजे मनोनयन दर्ता गर्ने तयारी गरेको कांग्रेसले जनाएको छ ।