काठमाडौं, असोज २३ गते । साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोली रेइम्ससँग गोलरहित बराबरीमा रोकिएको हो ।
बल पोसेसनमा अब्बल रहेपनि पीएसजीले गोल गर्न सकेन । ४१औं मिनेटमा टोलीका महत्वपूर्ण खेलाडी सर्जियो रामोस (रातो) कार्ड पाउँदै बाहिरिएपछि पीएसजी दबाबमा परेको थियो । बराबरीसँगै पीएसजी शीर्षस्थानमा यथावत छ । लिगमा अपराजित रहेको पीएसजीले १० खेलबाट २६ अंक बनाएको छ ।
पराजित रेइम्स आठ अंकसहित १४औं स्थानमा छ । दोस्रो स्थानमा रहेको मार्सेलीको २३ अंक छ । शनिबार राति नै भएको खेलमा मार्सेली एजी आजासियोसँग २–१ गोलले पराजित भयो । अर्को खेलमा लियोन र टोउलुसेले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी