नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले विकास निर्माणका कार्य समयमा सम्पन्न गराउन तदारुकता दिन प्रदेश सचिवलाई निर्देशन दिनुभएको छ । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा वि
बर्दीबास नगरपालिकाका विभिन्न वडामा क्षयरोग लागेका मानिसको पहिचान भएको छ । पहिचान गर्ने व्रmममा नगरपालिकाका सबै जसो वडामा क्षयरोगका बिरामी भेटिएका छन् । त्यसमध्ये वडा नं. ८ हात्तीलेट क्षेत्रमा क्षयरोगका बिरामीको सङ्ख्या अधिक पाइएको छ । सन् २०५० सम्म नेपाललाई क्षयरोगमुक्त राष्ट्र बनाउने अभियान अन्तर्गत अहिले गाउँ गाउँमा पुगेर क्षयरोग लागेका मानिसको पहिचान गरेर औषधी खुवाउने कार्य भइरहेको छ ।
उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिकामा कर्माछिरिङ गुरुङले आफ्नो मोबाइलबाट हिउँचितुवाको तस्बिर कैद गरेर सामाजिक सञ्जालमा हाल्नुभयो । मानिसको नजरमा बिरलै देखिने हिउँचितुवा चरन क्षेत्रमा आफ्नो मुख्य आहारा नाउर र हिमाली फ्याउ मुसो नभेटेपछि बस्तीमा पशुचौपाया खान आउने गरेको छ ।
लमजुङको क्व्होलासोथार गाउँपालिकाले पोखरा आसपास बस्दै आएका पालिकाभित्रका नागरिकलाई सहज सेवा दिन एकीकृत घुम्ती शिविर सुरु गरेको छ । गाउँपालिकाले आइतबारदेखि पालिका अन्तर्गतका नागरिकलाई लक्षित गरी पोखरामा एकीकृत घुम्ती शिविर सुरु गरेको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बालश्रममुक्त पालिका घोषणा गर्ने अभियानलाई तीव्र रुपमा अगाडि बढाएको छ ।
अछाम जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रात भर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रात भर टहरामा जाग्राम बस्न थालेका हुन् ।
भारतीय ठगको जालोमा परेर नेपाली फस्न थालेका छन् । ह्वाट्सएपमार्फत ट्र्यापमा पारेर नेपाली बैङ्कमा खाता खोल्न लगाई भारतीय ठगले नेपालीलाई पनि ठग बनाइरहेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
“पहिले बिहान सबेरै उठेर तल खोलामा जान्थ्यौँ, गर्भवती महिलाले समेत पानी बोक्नुपर्ने बाध्यता थियो । अब त घरमै धारा छ, पानीको पिरै छैन ।” यो भनाइ हो शारदा नगरपालिका–१३, स्यानीखालकी ५५ वर्षीय तिलसरी घर्तीको । उहाँजस्तै ७० वर्षीय विष्णी बुढाको पनि उस्तै थियो दैनिकी । लाइनमा उभिँदा झगडा पर्ने र तनाव उत्पन्न हुने सामान्य जस्तै हुन्थ्यो सल्यान शारदा नगरपालिका–१३ का सयौँ बासिन्दाका लागि ।
अविरल बर्सातका कारण छेडागाड नगरपालिका–४, टाटाजेवा ढाँडटोल र गोया टोलको माथिबाट खसेको पहिरोले तल्लो बस्तीमा रहेका ३२ घरपरिवार विस्थापित भएका हुन् । पहिरो खसेपछि सर्वसाधारण नजिकैको विद्याज्योति आधारभूत विद्यालय, सिद्धडाँडास्थित छिमेकीको घरगोठमा बसेका छन् । पहिरोले गाउँबस्तीमा उच्च जोखिम भएपछि विस्थापित भएका परिवार बिचल्लीमा परेका हुन् ।
लगातारको वर्षासँगै आएको पहिरोले रुकुमपश्चिमका करिब एक दर्जन ग्रामीण सडक अवरुद्ध भएका छन् । मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग र भेरी कोरिडोरको रुकुमपश्चिम खण्डमा हरेक दिनजसो आउने पहिरो हटाएर यातायात सुचारु हुने गरिए पनि ग्रामीण सडक भने बन्द अवस्थामा छन् ।
जनयुद्धको क्रममा साबिक रुकुममै प्रथम सहिद हुनुभएका रुकुमपश्चिमको चौरजहारी नगरपालिका–११, खोलागाँउका सहिद गणेश शाहको हत्या भएको ३१ वर्ष बितेको छ । हालसम्म पनि राज्यबाट राहतसमेत नपाएको मृतकका परिवारले ३१ वर्षसम्म न्याय नपाएको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक दशकयता फेला नपरेको धारीदार हुँडार पुनः देखा पर्न थालेका छन् । निकुञ्जले बाघ गणनालगायत विभिन्न प्रयोजनका लागि क्यामरा ट्र्याप गर्दा क्यामरामा सधैँ जसो हुँडार देखिन थालेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष अझ बढी हुँडार फेला परिरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो ।
पुरातत्व विभागले यो वर्ष बैतडीको जगन्नाथ मन्दिर, कैलालीको गर्भा दरबारसहित सुदूरपश्चिम प्रदेशका सात वटा जिल्लामा रहेका १० वटा पुरातात्त्विक सम्पदाको संरक्षण, विस्तृत अध्ययन प्रतिवेदन तयार, अनुसन्धान र उत्खनन गर्ने भएको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सदरमुकाम परासीस्थित वडा नम्बर २ को हाटबजार क्षेत्रमा भएको अतिक्रमण हटाएको छ ।