आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ, मर्यादित र विश्वसनीय बनाउन कुनकुन निकायलाई आचारसंहिता लाग्ला ? धेरैलाई जिज्ञासा रहेको हुनसक्छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ३६ पैसा र बिक्रीदर १४३ रुपियाँ ९६ पैसा निर्धारण गरिएको छ ।
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा आर्थिक हिनामिनाको अभियोग लागेका नेपाल सरकारका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई जिल्ला अदालत काठमाडौँले धरौटी सुविधा दिएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा बिहीबार पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको सूची र पार्टीको १५ औँ महाधिवेशनका सन्दर्भमा छलफल भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहलगायत पार्टी र व्यक्ति चुनावी सहकार्य गर्न सघन संवादमा जुट्नुभएको छ । शाहका सहयोगी कुमार बेनको घर ललितपुरमा बिहीबार एकपक्षीय र बहुपक्षीय छलफल भएका हुन् । रास्वपा सभापति लामिछाने र काठमाडौँ महानगरप्रमुख शाहबिच सोमबार (पुस ७ गते) राति एकल संवाद भएपछि बिहीबार नयाँ पार्टी र व्यक्तिसँग छलफल भएको नेताले बताएका छन् ।
गोरखाको बुढीगण्डकी नदीमा थप दुई ठुला जलबिद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बुढीगण्डकी ‘क’ र बुढी गण्डकी ‘ख’ नामक दुई आयोजना बिकास गर्न लागेको हो ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले समयको मागअनुसार राजनीतिक दल परिमार्जन गर्नु आवश्यक रहेको टिप्पणी गर्नुभएको छ।
नेपाल पर्यटन बोर्डमा शुक्रबारदेखि ड्रोनबाट खिचिएका तस्बिरको विशेष फोटो प्रदर्शनी हुँदैछ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न मेहनतका साथ सरकारले काम गरिरहेको बताउनुभएको छ।
ताप्लेजुङमा जङ्गली जनावर भालुले निरन्तर आतङ्क मच्चाइरहेको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता भेडाबाख्रा खानुका साथै आक्रमण गरेर भालुले निरन्तर आतङ्क मच्चाइरहेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका –१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्षमा लक्ष्मण न्यूरे बिजयी हुनुभएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ ।
शीतलहरको कारण विगत केही दिनदेखि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
जिल्लामा शान्ति सुरक्षा र अपराधका घटनालाई न्यूनीकरण गर्नका लागि अन्तर जिल्लास्तरीय सुरक्षा समन्वय बैठक रिडीमा भएको छ ।
दिगो विकासको लक्ष्य समेत रहेको स्वच्छ पानीको लागि सल्यानका पालिकाले निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सञ्चालन गर्ने भएका छन् ।