कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको छ ।
सर्लाहीको बरहथवा नगरपालिकामा बिहीबार शोक बिदा दिइएको छ । नगरसभा सदस्य तथा वडा नं. ९ का वडा सदस्य राधेश्याम महतो कोइरीको निधनमा बिहीबार नगरपालिकाभर शोक बिदा दिइएको हो ।
नवलपुरको बौदीकाली गाउँपालिकाले पालिका बाहिर रहेका आफ्ना नागरिकलाई पायक पर्ने गरी कावासोती नगरपालिकामा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण शिविर सञ्चालन गरेको छ । बुधबारदेखि सुरु भएको शिविर शनिबारसम्म सञ्चालन हुने छ ।
बाल श्रम मुक्त नगरपालिका बनाउने अभियान अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिका–७ को आयोजना तथा नेपाल गुडवीभ फाउण्डेसन (एनजीएफ) को समन्वयमा उद्योग व्यवसायीहरुसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
स्थानीय तहलाई बलियो बनाउँदै लैजाने विषयमा अबको बहस चल्नुपर्ने सरोकारवालाले बताएका छन् । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा भएको स्थानीय तह, सरकारी तथा गैर सरकारी निकायको वार्षिक समीक्षा कार्यक्रमका सहभागीले स्थानीय सरकार बलियो भएमा नागरिकले सहजै सेवा पाउने बताए ।
दार्चुला जिल्ला व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूभाग हो । यसको आधिकारिक तथ्य र अकाट्य प्रमाण नेपालसँग सुरक्षित छ । त्यही तथ्य र प्रमाणका आधारमा नेपालले यो भूभाग आफ्नो भएको दाबी गरेको हो । यसबारे नेपालमा कुनै विमति र विवाद छैन । यसमा सम्पूर्ण नेपालीको एउटै आवाज र एउटै म
विश्व कृत्रिम बौद्धिकता (एआई) सम्मेलन तथा कृत्रिम बौद्धिकता वैश्विक शासन उच्चस्तरीय बैठक २०२५ जुलाई २६ मा चीनको साङ्घाई सहरमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन सत्रमा सहभागी हुँदै चिनियाँ प्रधानमन्त्री ली छि
राजेश्वर नेपालीसँग मेरो चिनजान पैँतीस वर्षजति पुरानो हो । चिनजान २०४५ सालको प्रारम्भमै गोरखापत्रमा जागिर खाँदा भएको हो ।
आदिकवि भानुभक्त आचार्यको जन्मघर जलेको २२ वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेको छैन । तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घा शिखरकटेरीस्थित घर हालसम्म संरक्षण अभावमा भग्नावशेषमै सीमित छ ।
कर्जा निक्षेप अनुपातलाई सिडी रेसियो भन्ने गरिन्छ । बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप रकमको कति प्रतिशत रकम कर्जा प्रवाह गरेका छन् भन्ने अनुपात देखाउने एउटा इन्डिकेटर हो सिडी रेसियो । सिडी रेसियो बढी हुँ
थारु आयोगले थारु समुदायको पूरातात्विक, ऐतिहासिक र साँस्कृतिक सम्पदाको सूचिकरणसम्बन्धी अध्ययन प्रतिवेदन सङ्गालो प्रकाशन गरेको छ ।
आधुनिकताको नाममा मौलिकता हराउँदै गएपछि सुदूरपश्चिमको मुख्य मौलिक चाडपर्वसँग जोडिएका मौलिक कला संस्कृति जोगाउन स्थानीय तहले रकम छुट्याउन थालेको छ । यसले लोप हुँदै गएको कला संस्कृति पुनः ब्युँताउन सहयोग भएको छ ।
युएनआइपी युएन ग्लोरी अवार्ड–२०२५ तथा ग्लोबल मिट थाइल्यान्डको राजधानी बैङ्ककमा सम्पन्न भएको छ । युनाइटेड नेचर इन्टरनेसनल पिस (युएनआइपी) र ग्लोरी मिडिया नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रम विश्व शान्ति यात्रा तथा एक सातासम्म चल्ने विशेष ग्लोबल मिट अन्तर्गत राखिएको हो ।
कर्णाली राजमार्गअन्तर्गत कालीकोटको गगनेखोलामा फेरि पहिरो गएको छ । गएराती परेको अबिरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा कर्णाली राजगर्मा पुनः अवरुद्ध भएको हो ।