गायक आनन्द कार्की र ममता गुरुङको युगल स्वरमा ‘जाली रुमाल फूलबुट्टे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । हाइटेक इन्टरटेनमेन्टले निर्माण गरेको गीतमा सुषमा सिग्देलको शब्द रचना र अनिल शाहीको सङ्गीत रहेको छ ।
नेपालको जेठो शिक्षण संस्थाका रूपमा परिचित पद्मकन्या बहुमुखी क्याम्पसले हीरक महोत्सव मनाएको छ ।
गुल्मीमा छात्रा फुटबल प्रतियोगिता सुरु भएको छ। पुल्चोक स्पोट्र्स क्लबले रेसुङ्गा नगरपालिका वडा नम्बर–५, ६ र ७ को सिमानामा रहेको उनायचौर खेलमैदानमा ‘छैठौं पुल्चोक कप–२०८२’ अन्तर्गत बुधबारदेखि छात्रा फुटबल प्रतियोगिताको सुरु गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई अनुकूल हुने गरी लगानीमैत्री वातावरण बनाइएको बताउनुभएको छ ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६२ पैसा र बिक्रीदर १४१ रुपियाँ २२ पैसा कायम भएको छ ।
बाजुरामा स्याउमा पाक्न सुरु भयो तर बाटो बन्द भएका कारण टिपेको स्याउ बारीमै थन्किएको छ । मार्तडी–कोल्टी सडक लामो समयदेखि अवरुद्ध भएपछि टिपेको स्याउ बारीमै थन्किएको हो । मार्तडी–कोल्टी गत असारदेखि नै बन्द भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्कनुभएको छ । उहाँ राति करिब १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।
सरकारले निजामती सेवा दिवस, २०८२ लाई विभिन्न कार्यक्रम गरी सप्ताहव्यापी रूपमा मनाउने भएको छ । निजामती सेवा दिवसलाई उल्लास रूपमा मनाउन विभिन्न कार्यक्रम तय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
थाइल्यान्डमा संसद् विघटन गरिँदै छ । कार्यवाहक प्रधानमन्त्री फुमथम वेचाचाइलले सरकार चलाउन सक्ने अवस्था नरहेपछि संसद् विघटन गर्न राजासमक्ष सिफारिस गर्नुभएको एएफपीले जनाएको छ ।
सरकारले सामाजिक सञ्चालनलाई दर्ता तथा सूचीकरणका लागि समयसीमा तोकिरहेका बेला सर्वोच्च अदालतले पुनः सामाजिक सञ्जाल दर्ता र नियमनका लागि परमादेश आदेश जारी गरेको छ ।
सहकारीको रकम हिनामिना गरेको आरोप लागेका राप्रपाबाट प्रतिनिधिसभा सदस्य रहनुभएका गीता बस्नेत १५ लाख रुपियाँ धरौटी बुझाएर रिहा हुनुभएको छ ।
टीकापुर बहुप्राविधिक शिक्षालयमा राति आएर आतङ्क मच्चाउने चितुवालाई बुधबार नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको टोलीले चितुवालाई ट्रयापमा पारेर नियन्त्रणमा लिएको हो ।
गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमाको पनि बंश कायम हुने बताउनुभएको छ ।
काठमाडौँको पुतलीसडकमा वाग्मती प्रदेश–०१–००२ ज ८३२२ नम्बरको माइक्रोबसले आज सडक पार गर्दै गरेका दुई बालबालिकालाई ठक्कर दिएको छ। ठक्करबाट घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।