सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल दुई देशबिचको सैन्य द्वन्द्व रहेन । चार वर्षको अवधिमा यो युद्ध युरोपेली सुरक्षा संरचना, अन्तर्राष्ट्रिय कानून, शक्ति सन्तुलन र विश्व राजनीतिका आधारभूत मान्यतालाई नै चुनौती दिने स्तरमा पुगेको छ ।
रूसी आणविक-सक्षम बमवर्षक विमानले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन सागर र बेरेन्ट्स सागरमाथि ‘निर्धारित’उडान गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् ।
भिर पहरा आरोहण स्थलको सहजताका लागि नेपालमै पहिलो पटक टोपो म्याप निर्माण सुरु भएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सङ्घले आफ्नो २० औँ स्थापना दिवसको अवसरमा म्याप निर्माणको काम सुरु गरेको हो।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने प्रयास गरिरहेको र त्यसले विश्वव्यापी सुरक्षा जोखिम बढाइरहेकोप्रति गम्भीर चेतावनी दिनुभएको छ ।
झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड वडा ४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ (बुधवार राति) मृत्यु भएको हो ।
जिल्लाको विजयनगर गाउँपालिकाको डेडुवा जोतस्थित भारततर्फको जङ्गलमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ ।
सञ्चालनमा आउनुअघि नै भाँसिएर करिब १३ वर्षदेखि निर्माणाधीन रहेको धनुषा–सिराहा जोड्ने कमला पुलको पुनर्निर्माण गर्दै ठेकेदार कम्पनी पप्पु-लुम्बिनी जेभी।
उज्यालो नेपाल पार्टीको कार्यालय उज्यालो घरको औपचारिक उद्घाटन भएको छ । बिहीबार नेपाल सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थितिमा त्रिपुरेश्वरमा रहेको उज्यालो घरको उद्घाटन भएको हो ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल (मोटर गुड्ने) पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो।
कास्कीको पोखरा महानगरमा यस वर्ष करिब १० करोडको सुन्तला उत्पादन भएको कृषि महाशाखाको अनुमान छ।
बङ्गलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले बङ्गलादेश अवामी लिगले आगामी वर्ष फेब्रुअरीमा हुने राष्ट्रिय संसदीय निर्वाचनमा सहभागी हुन नपाउने स्पष्ट गर्नु भएको छ ।
थारू समुदायबाट पहिलो महिला पाइलट बन्न सफल कैलालीको टीका चौधरीलाई आज धनगढीमा सम्मान गरिएको छ ।
नेपालगन्जको सुर्खेतरोड भुजइगाउँदेखि पार्वतीपुर सम्मको सडक खण्डमा सडक सीमा अतिक्रमण हटाउन सडक डिभिजन कार्यालयले ७२ घण्टे अल्टिमेटम दिएको छ।