प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा बढुवा हुनुभएका भोलानाथ थापालाई पदोन्नति भएको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ–उनले चीनको राजधानी बेइजिङमा भेटवार्ता गर्नुभएको छ ।
रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका-३ कोइलतरीस्थित भेरीनदीको बिच टापुमा एक पुरुषको शव फेला परेको छ ।
मङ्गलबार राति विद्रोह प्रभावित दक्षिणपश्चिम पाकिस्तानमा एक राष्ट्रवादी पार्टीका समर्थकहरू र्यालीबाट बाहिरिँदै गर्दा स्टेडियम बाहिर आत्मघाती आक्रमणकारीले विस्फोट गराउँदा कम्तीमा १३ जनाको मृत्यु भएको र ३० जना घाइते भएको प्रहरी तथा अस्पताल अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
सुन्तलाको फल खस्ने रोग देखिएपछि यहाँका किसान समस्या परेका छन् । सुन्तलाका दानाका भेट्नो कुहिएर झर्न थालेसँगै यहाँका व्यावसायिक सुन्तलाखेतीमा लागेका किसान समस्यामा परेका हुन् ।
जोमसोमस्थित कारागारमा कैदीबन्दी र सुरक्षाकर्मी एउटै भवनमा बस्न बाध्य छन् । कारागार भवनको दुई कोठामा कैदीबन्दी र अन्य तीन वटा कोठामा त्यहाँ कार्यरत सुरक्षाकर्मी बस्ने गरेका छन् । एउटै कारागार भवनमा कैदीबन्दी र सुरक्षाकर्मीको निवास हुँदा विभिन्न खालका समस्या तथा चुनौती देखा पर्ने गरेका छन् ।
सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएको छ ।
नेपाली पत्रकारिताको सान्दर्भिकता अभिवृद्धि र गुणात्मक विकास गर्ने अभिप्रायले नेपालमा आफ्नै पत्रकारिता दिवस मनाउनु पर्छ भन्ने मनसायबाट राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको थियो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल राष्ट्र बैँकका गभर्नर डा. विश्व पौडेलबिच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री शाह र पौडेलबिच बालुवाटारमा भेटवार्ता भएको हो ।
भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लाको पूर्वी बागर, छेनागाडमा गएको शुक्रबार बिहान आएको बाढी–पहिरोमा परी सल्यानका तीन जना बेपत्ता भएका छन्।
मेचीनगर नगरपालिका–१५ का तीन गाउँ ग्वालबस्ती, झाडुबस्ती र सिसौडाँगी मेची नदीभन्दा पारिको भू–भागमा छन् । राज्यको उपेक्षामा परेका यी गाउँलाई ‘मेची पारिको नेपाल’ भन्ने गरिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ ।
हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन् । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीय बालिका बुधबार बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित डिभिजन वन कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।