• १० पुस २०८२, बिहिबार

मार्तडी कोल्टी सडकमा दुर्घटनाको जोखिम बढ्दै

blog

निर्माणको काम अलपत्र परेको मार्तडी कोल्टी सडक । तस्बिर : शेरबहादुर सार्की बाजुरा

शेरबहादुर सार्की
बाजुरा, पुस १० गते ।
बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगन्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडीदेखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढेको छ ।

ठेकेदार कम्पनीले कालोपत्रेका जिम्मा लिएको झण्डै पाँच–सात वर्षसम्म पनि मार्तडी कोल्टी सडक अझैँ कालोपत्रे हुन नसकेको स्थानीय बताउछन् ।

सडक कालोपेत्र नहुँदा जोखिम पूर्ण यात्रा गर्नु परेको सुदूरपश्चिम यातायातका बस चालक मदन कार्कीले बताउनु भयो ।

उहाँले भन्नभुयो, “मार्तडी–कोल्टी सडकमा अहिले सवारी साधानलाई चलाउन निकै सकस हुने गरेको छ । यहाँका स्थानीयको आवश्यकताका लागि हामी जबरजस्ती गाडी सञ्चालन गर्ने गरेका छौँ ।”

सडक सञ्चालनमा आएपनि खाल्डाखुल्डीका कारण लामो दूरीका सवारी साधानलाई निकै जोमिम बढ्दै गएको कार्कीले बताउनु भयो ।

२०७८ सालको असारमै काम सम्पन्न गर्ने गरी २०७६ असारमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले सडक निर्माण कार्यको जिम्मा लिएका थिए ।

मार्तडी बसपार्कदेखि चुथीको झण्डै नौ किलोमिटर सडक कालोपत्रेका लागि २३ करोडमा धुलिखेल ग्वाल्भा श्याम एन्ड शङ्कर प्रालि काठमाडौँ र चुथीदेखि ढम्कने झण्डै ६ किलोमिटर र ढम्केनेदेखि कोल्टीसम्मको २६ किलोमिटर सडक बाँनिया कोटेश्वर जे.बि प्रालि हेटौँडाले ६२ करोडमा जिम्मा लिएका हुन् ।

यता मार्तडीदेखि चुथीसम्मको नौ किलोमिटर सडक पिच गर्ने काम सम्पन्न भए पनि ढम्कनेदेखि कोल्टीसम्मको ३१ किलोमिटर सडक भने अझैँ पिच हुन सकेको छैन ।

ठेकदारको लापरबाहीका कारण सडक निर्माणमा निकै ढिलाइ भएपछि अहिले मार्तडीदेखि कोल्टीसम्म जाने यात्रुलाई हिउँद बर्खाको समय सधैँ सास्ती खेप्नुपरेको छ ।

मार्तडीदेखि कोल्टीसम्मको ४० किलोमिटर सडक कालोपत्रे गर्नका लागि ८५ करोडमा ठेक्का लिने ती दुई कम्पनीले ३५ करोडभन्दा बढी पहिलो किस्ता रकम भुक्तानी भने लिइसकेका छन् ।

कोल्टीमा कात्तिकदेखि बस सञ्चालन भएको दुई महिनामै सुदूरपश्चिम र महाकाली गरी दुई वटा बस दुर्घटनामा परिसकेका छन् । घटनामा एक जनाको ज्यान गएको छ भने करिब १२ जनाभन्दा बढी यात्रु घाइते भएका थिए ।

आफुले अरूलाई जिम्मा दिएको र उहाँहरूले काम नगरेकोले मार्तडी कोल्टी सडक निर्माणको काममा ढिलाइ भएको ठेकेदार कम्पनीका मालिक राजु बानीयाँले बताउनु भयो ।