क्रियाशील पत्रकार महिला(डब्लुडब्लुजे)ले पत्रकार महिलाको क्षमता अभिवृद्धिको उद्देश्यसहित राजधानीमा तीन दिने तालिम सम्पन्न गरेको छ ।
विद्यालयमा शिक्षक टिकाउन र भविष्यको सुुनिश्चित्त गर्न हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले निजीस्रोतमा कार्यरत १३ जना शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।
लमजुङको दोर्दी गाउँपालिकामा रहेका होमस्टे सञ्चालकलाई होमस्टे (घरबास) व्यवस्थापन एवम् रैथाने पाक शिक्षा तालिम दिन सुरु गरिएको छ ।
मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो ।
लोमान्थाङ गाउँपालिका–२, छोसेरमा रहेका होटल बन्द गरी व्यवसायी जाडो छल्न बेँसी झरेपछि मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्कासहित कर्मचारीले पछिल्लो एकसाता यता भन्सार कार्यालयमा रहेको एउटा कोठामा जेनतेन रात काट्दै छन् ।
बाजुराको सदरमुकाम मार्तडी–कोल्टीमा रहेको ४२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन । सो सडक कालोपत्रे नहुँदा धनगढी, अत्तरिया, महेन्द्रनगर, नेपालगञ्ज र काठमाडौँ लगायतका विभिन्न ठाउँमा मार्तडीदेखि कोल्टी आउने लामो दूरीका सवारी साधान दुर्घटना हुने जोखिम बढेको छ ।
थारू समुदायको साझा संस्था थारू कल्याणकारिणी सभा (थाकस)ले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । थारू कल्याणकारिणी सभाको हालै बसेको केन्द्रीय कमिटी बैठकले चार जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।
इस्मा गाउँपालिका–१, विपी पार्क खेल मैदानमा १५ वर्षीय छविलाल कालाले प्रर्दशन गरेको उत्कृष्ट खेलले दर्शकको मन निकै जित्यो ।
हेटौँडा उपमहानगरपालिका–१३, वनस्पतिकी ५५ वर्षीय लक्ष्मीमाया भ्लोनलाई सधैँ दैनिक छाक टार्ने चिन्ताले सताइरहन्छ । २०५० सालमा पूर्वी मकवानपुरको बागमती गाउँपालिका–राइगाउँमा आएको बाढीले खेतबारी बगरमा परिणत भएपछि उहाँ सुकुम्वासी बस्तीमा बस्न बाध्य हुनुभयो ।
दाङमा बाक्लो हुस्सुसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा कामका लागि मानिसलाई बाहिर निस्कनै मुस्किल परेको छ ।
भारतको उत्तरप्रदेश पर्यटन विभागका सहनिर्देशक दीपक कुमारले बागलुङ नगरपालिका–४, कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालय घुमेपछि आफ्नो क्षेत्रका पर्यटकलाई पठाउने बताउनुभयो । घरमा एक/दुई शालिग्राम पुज्ने गर्नुभएका कुमार एक लाख १५ हजारभन्दा बढी शालिग्राम देखेपछि दङ्ग पर्नुभयो ।
बाघ संरक्षणका लागि उर्वर भूमि मानिने बर्दियासहित बाँके र दाङमा बुधबारदेखि बाघ गणना सुरु गरिएको छ । पाँच वर्षअघि गरिएको गणनापछि पुनः बाघको यकिन सङ्ख्या पत्ता लगाउन राष्ट्रियस्तरको बाघ गणना अभियान थालिएको हो ।
जाजरकोटका कल्पना नेपालीलाई छालामा देखिएको रोगले लामो समयदेखि पीडा भइरहेको थियो । उपचारका लागि परिवारले उहाँलाई एक दिन पैदल हिँडेर जिल्ला अस्पताल पु¥याए ।
केही दिनदेखि सुरु भएको शितलहरका कारण अत्यधिक चिसो बढ्काले बालबालिका बिरामी पर्न थालेपछि बाँके जिल्लाका पाँच वटा पालिकाका विद्यालयहरु बन्द गरिएका छन् ।
सार्वजनिक लेखा समितिले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत औषधी आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको मेडिकल तथा फोहोर व्यवस्थापनसम्बन्धी उपकरणमा अनियमितता भएको ठहर गरेको छ ।