रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पृथ्वीराजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारस्थित दुई स्कुटर र मोटर साइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
राजविराजको मुटुमा रहेको जिल्लाको एकमात्र सुविधासम्पन्न सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेट बन्द भएपछि बिरामीले सास्ती व्यहोर्नु परेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ ।
यतिबेला जिल्लाका उच्च पाटन क्षेत्रमा भेडीगोठ सारिएका छन् । मध्य बर्खा भएसँगै होचा स्थानबाट चार हजार पाँच सयदेखि पाँच हजार मिटर उचाइका क्षेत्रमा भेडीगोठ सारिएका हुन् ।
इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको विकाशमा श्रम गर्ने अभियान सञ्चालनको थालनी गरिएको छ ।
सर्लाहीका किसान धानबालीमा सिँचाइका लागि विद्युतीय मोटरको भर पर्न बाध्य भएका छन् । यो वर्ष किसानले धान रोपाइँका लागि पानीको अभाव झेल्नु परेको थियो । जसोतसो धान रोपाइँ गरेका किसानले अहिले गोड्ने बेलामा पनि विद्युतीय मोट
मोरङको ग्रामथान गाउँपालिका–१ का झपटसिंह थारू अहिले ७५ वर्षको बुढ्यौली उमेरको दिनचर्यामा हुनुहुन्छ । करिब ५७ वर्षअघि उहाँको विवाह हुँदा थारू समुदायमा दाइजोको कुनै चलन थिएन । थारू संस्कार अनुसार भएको उहाँको विवाहमा ससुरालीले उहाँलाई कन्यादान गर्दा एउटा थाल र लोटा दिएको अहिले पनि झलझली याद छ तर यो पाँच दशकको अवधिमा थारू समुदायको विवाह संस्कारमा ठुलो परिवर्तन आइसकेको झपटसिंह थारू बताउनुहुन्छ ।
प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन, नियमावली, मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उद्देश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अद्यावधिक भएका छैनन । कोशी प्रदेशमा बचत तथा ऋण, कृषि, बहुउदेश्यीय, तरकारी, फलफूल, सूचना तथा सञ्चार, चिया, जडीबुटी, सुपारी, दुग्ध उत्पादक, उपभोक्ता र जिल्ला सहकारी सङ्घलगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् ।
लोक सेवा आयोगले युवा विद्यार्थीलाई विदेश पलायनको सोच त्यागेर राष्ट्रसेवामा आबद्ध हुन प्रेरित गर्न गर्न थालेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीसँग सोमबार विराटनगरमा अन्तर्क्रिया गरिएको हो । आयोगको हीरक जयन्तीका अवसरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ भन्ने विषयमा विद्यार्थीसँग छलफल गरिएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । उहाँले परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आव २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सो
मकवानपुरमा डेंगु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ । बिरामीको सङ्ख्या बढेपछि सरकारी तथा निजीस्तरका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ ।
बागमती प्रदेशको यही आइतबारबाट सुरु भएको प्रदेश सभाको बैठक प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको चलचित्रसम्बन्धी विधेयकलाई टुङ्गो लगाउने गरी बोलाइएको थियो
एसइई परीक्षा दिएर विद्यार्थी पलायन भइरहेको समस्या रोक्न तीन पालिकाले एउटै मञ्चमा प्रतिवद्धता जनाएका छन् । सिरहाको धनगडीमाइ नगरपालिका, लहान नगरपालिका र सप्तरीका सुरुङगा नगरपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो ।