सप्तरी जिल्लामा प्रहरीले ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा आठ क्विन्टलभन्दा बढी गाँजासहित एक जना चालकलाई पक्राउ गरेको हो ।
आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनमा दलहरु केन्द्रित भएका छन् । गण्डकीबाट प्रतिनिधित्व गर्ने नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नारायणकाजी श्रेष्ठ र नेकपा (एमाले)का भगवती न्यौपानेको कार्यकाल सकिँदा ती स्थानमा चुनाव हुन लागेको हो ।
बागमती प्रदेश सरकारले बागमती प्रदेश सभा र प्रदेशको सार्वजनिक लेखा समितिको निर्देशनलाई उल्लङ्घन गर्दै प्रदेशको मन्त्रालयका संरचना र कार्यालय थप गर्दै गएको पाइएको छ । प्रदेश सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले खर्च कटौती गर्न र आर्थिक मितव्ययिता कायम गर्नका लागि यसअघि पटक पटक दिएको निर्देशनलाई प्रदेश सरकारले अवज्ञा गरेको ठहर गरेको हो ।
म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् ।
संवाद, सहमति र समझदारी लोकतान्त्रिक प्रणालीका सुन्दर प्रक्रिया हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
विपत् व्यवस्थापन समिति महोत्तरीका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरुको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिनुभएको छ ।
भदौ २३ र २४ गतेको युवा आन्दोलनको पृष्ठभूमि नै देशमा रहेको राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार र सुशासनको अभावसँग गाँसिएको छ । देशमा युवाको प्रमुख आक्रोश भनेकै विगत लामो समयदेखि सत्तामा एउटै राजनीतिक नेतृत्व दोहोरिनु, भ्रष्टाचार बढ्नु, सुशासन, पारदर्शिता र जवाफदेहिता नहुनु र सरकारका हरेक कार्यालयमा आमनागरिकले खेपिरहेका विभिन्न तनाव र हैरानी
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे), २०२५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रनिर्माणमा विकास अपरिहार्य तत्व हो भन्नेमा द्विविधा रहेन । एकातिर तीव्र, उन्नत र सन्तुलित विकासको आवश्यकता रहेका अविकसित र अल्पविकसित मुलुक छन् भने अर्कोतिर उच्चतम विकास हासिल गरी प्राप्त विकासलाई दिगो र सुदृ
कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जना गम्भीर घाइते हुनुभएको छ । बुधबार साँझ नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा सु.प.प्र.०२–००४–प ६५८९ नम्बरको स्कुटरमा सवार दुई जना गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।
पृथ्वीमा भएको जनावर मध्य सबैभन्दा ठुलो हात्ती । यही हात्तीको प्रमुख वासस्थान चितवन निकुञ्ज र यसको आसपास हो । हात्तीकै कारण चितवनको पर्यटन विकासमा सकरात्मक प्रभाव परेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र