प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबिरुद्ध बुधबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालबिच पार्टी एकताको गर्ने निर्णय भएको छ ।
गुरुङ समुदायको मौलिक पर्व तमु ल्होसारको अवसरमा ताप्लेजुङमा क्लबस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।
सिन्धुली जिल्लाकै सबैभन्दा ठुलो सरकारी स्वास्थ्य संस्था ‘सिन्धुली अस्पताल’ पछिल्लो वर्षमा भौतिक तथा सेवा सुधारतर्फ अघि बढ्दै गएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले आज शिष्टाचार भेट गर्नुभएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्यले गोरखापत्र संस्थानसँग आगामी निर्वाचन, सञ्चार क्षेत्रको सुशासन, सञ्चारकर्मीको दक्षता अभिवृद्धि तथा डिजिटल आर्काइभिङलगायत विषयमा सहकार्य गर्न सकिने बताउनुभएको छ ।
अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ।
नेपालगन्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपियाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।
२२ औँ माछापुच्छ्रे पोखरा खुला तथा भेट्रान्स टेनिस प्रतियोगिता आगामी पुस ११ गतेदेखि पोखरामा हुने भएको छ ।
नवलपुरको कावासोतीका एक जना किसानले मकै खेती जोगाउन आफ्नैखालको रणनीति लगाउनुभएको छ ।
केही दिनदेखि अत्यधिक जाडो बढेपछि कपिलबस्तुको चार पालिकाले विद्यालय बन्द गरेका छ । केही दिनदेखि जाडो बढेपछि जिल्लाको कपिलबस्तु नगरपालिका, शुद्धोधन, यशोधरा र मायादेवी गाउँपालिकाले आफ्नो पालिकाभित्रका विद्यालय बन्द गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ। पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए।
क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीका ९३ बर्षिय केशबीर गुरुङको बाँया आँखाले लामो समयदेखि देख्न छोडेको थियो । आँखा नदेख्दा शौचालय जान लौरोको साहरा लिनुपथ्र्यो । वर्षौंदेखि धमिलो संसारमा बाँचिरहनुभएका केशबीरले गाउँमै आएको शिविरमा आँखाको शल्यक्रिया भएपछि नयाँ जीवन पाउनुभयो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ३७ अङ्कले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो।