गुल्मीको धुर्कोट गाउँपालिका –३ हाडहाडेस्थित निन्युखर्क माध्यमिक विद्यालयको आठकोठे भवन निर्माण हुने भएको छ । भारतीय राजदुतावासको सहयोगमा निर्माण हुने बिद्यालय भवनको मंगलबार भारतीय राजदुतावासकी काउन्सिलर गीताञ्जली ब्रैडन र धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
फागुन २१ गते हुने निर्वाचनको लागि जनता समाजवादी पार्टी नेपालले प्रत्यक्ष तर्फको लागि सिराहा क्षेत्र नम्बर १ बाट सत्यनारायण यादव र सिरहा क्षेत्र नम्बर ३ बाट अशेश्वर यादवको एकल नाम सिफारिस गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास र अपरिहार्य व्यवस्था भएकाले निर्वाचनले नै नागरिक शक्तिलाई सरकारमा पुर्याइ शासनको वैधानिकता प्रदान गर्ने मूल प्रणाली रहेको बताउनुभएको छ ।
शीतलहरका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो हावाले लहान बजारसहित ग्रामीण क्षेत्रको दैनिक जनजीवन कष्टकर बनेको हो ।
गुल्मीमा छैटाैं संस्करणको रुपमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा जिल्लाका माध्यमिक विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु भएको छ ।
गोरखा जिल्लाको आरुघाट गाउँपालिका – १० फूलपाती भञ्ज्याङमा अज्ञात समूहले एकै रात विभिन्न घर तथा पसलमा चोरी गरेका छन् ।
लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा पनि निधन भएको छ ।
अत्यधिक चिसो बढेपछि सप्तरीको बोदेबर्साइन नगरपालिकाले पाँच दिनसम्म विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबारदेखि पुस १३ गतेसम्म पाँच दिनका लागि नगरभित्र रहेको सबै विद्यालय बन्द गरेको हो ।
दोस्रो सतिसाले गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले चुमेको छ । मङ्गलबार सम्पन्न फाइनल खेलमा इन्ट्रा पथरी–११ ले बेतना युनाइटेड फुटबल क्लब बेलबारीलाई टाइब्रेकरमा २–४ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
खेतबारीमा हराउँदै गएको हल गोरुको संस्कृति जोगाउन बैतडीका किसानलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम अघि सारिएको छ ।
हृष्टपुष्ट शरीर, महिलाको पहिरनमा सजिएका मानिसले पैसा माग्दै हिँडेको दृश्य अचेल काठमाडौँका गल्ली गल्लीमा देखिने गरेको छ । अनुहारमा बाक्लो मेकअप, झट्ट हेर्दा भारतीय मूलको जस्तो देखिने यिनीहरू आफूलाई किन्नर बताउने गर्छन् ।
उदयपुरका आधा दर्जन ठुला पक्की पुलको निर्माण बिचैमा अलपत्र परेको छ । पहाडी क्षेत्रका बासिन्दालाई तराईसँग जोड्न उदयपुरका आन्तरिक खोलामा निर्माण गर्न थालिएका आधा दर्जन पुल निर्माण बजेट अभावका कारण बिचैमा अलपत्र परेको हो ।
मधेश प्रदेशमा सामाजिक सुरक्षाका लागि रणनीतिक कार्ययोजना निर्माण गर्न लागिएको छ । मधेश प्रदेश सरकारले मधेशमा समावेशी, दिगो र न्यायसंगत सुरक्षा प्रणालीको विकास गरी सबै नागरिकको जिवनस्तर उकास्ने उद्देश्यले रणनीतिक कार्ययोजना निर्माण गर्न लागेको हो ।
नदीजन्य सामग्रीको अभावले बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम सुस्त हुने अवस्था आएको छ । निर्माण सुरु भएको करिब एक वर्षको बिचमा १७ प्रतिशत काम सम्पन्न भए पनि केही दिनयता भने निर्माणको काम सुस्त हुँदै गएको हो ।
जेनजी आन्दोलनको मौका छोपेर कास्की कारागारबाट फरार एक जना थुनुवा लमजुङबाट पक्राउ परेका छन् । कर्तव्य ज्यानको कसुरमा कास्की कारागारमा रहेका लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।