पूर्वपश्चिम राजमार्गअन्तर्गन नवलपुरको देवचुली नगरपालिका–१५ लोकाहामा कन्टेनर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अरु दुई जना घाइते भएका छन् ।
नेपाल र भारतबिचको सीमा विवाद सुल्झाउन सबै तहका कूटनीतिक संयन्त्रले सक्रियता बढाउनुपर्ने विज्ञहरूले सुझाएका छन् । चीन र भारतबिच लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने समझदारीले नेपाल–भारत सीमा विवाद थप उकासिए पनि कूटनीतिक संवादका माध्यमबाट यसको सहज समाधान खोजिनुपर्ने उहाँहरूको भनाइ छ । यसैबिच समझदारीका मामिलामा चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपतिसमक्ष चीन–भारत सम्झौताप्रति आपत्ति प्रकट गरिसक्नुभएको छ ।
अध्यागमन विभागले नेपाल घुम्न आउने विदेशी पर्यटकमाथि निगरानी गर्ने भएको छ । विभागले विदेशी पर्यटकको दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणालीमार्फत नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको बसोबास तथा गतिविधिसम्बन्धी व्यवस्थित अभिलेख राख्ने भएको हो ।
पश्चिम गुल्मीको मदाने गाउँपालिकाले जिपलाइन र स्काइ साइक्लिङ सुरु गरेको छ । यस गाउँपालिका–७ भनभनेको रोल्मा तिखेचुलीमा निर्माण गरिएको जिपलाइ र साइक्लिङको मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले उद्घाटन गर्नुभएको हो ।
कैलालीको गोदावरी नगरपालिका–९, भल्कास्थित खुटिया नदीमा बिहीबार एकै घरका दुई दाजुभाइसहित चार किशोर डुबेर बेपत्ता हुनुभयो । घटना भएको आसपास अन्यत्र गहिराइ नरहेको सो नदीमा करिब २० मिटर भाग मात्रै गहिरो छ । त्यसमा किशोरहरू डुबेपछि दगुरेर उद्धारका लागि पुगेका सर्वसाधारणले गहिरोमा गएर खोज्न आँट गर्नै सकेनन् ।
सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ७६ पैसा र बिक्रीदर १४१ रुपियाँ ३६ पैसा कायम भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिइ बुधबार स्वदेश फर्कनुहुने भएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपालको भूमि लिपुलेकका सन्दर्भमा संवाद अघि बढाएको स्वागत गर्दै विज्ञहरूले प्रमाणका आधारमा त्रिपक्षीय विमर्श गर्न सुझाव दिएका छन् ।
भारतले अतिक्रमण गरेको व्यास गाउँपालिका–१ का गाउँ नाबी, कुटी र गुञ्जीसहित लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको प्रमाण दार्चुलाको मालपोत कार्यालयमा सुरक्षित छ ।
नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनका साझा एजेण्डामा एकताबद्ध हुनपर्ने बताउनुभएको छ ।
मधेश प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले संविधानले दिएका कतिपय अधिकार अझै पनि अभ्यास हुन बाँकी रहेको बताउनु भएको छ ।
ग्लोबल आइएमई बैंकको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा आएको ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडले आफ्नो दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सिन्धुली जिल्लाका सम्पदाको अवस्था र संरक्षणमा भएका प्रयासबारे राजधानीमा मङ्गलबार छलफल सम्पन्न गरिएको छ ।