इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् ।
पशुहरूमा लाग्ने लम्पी स्किन सङ्क्रमणबाट नवलपरासी पश्चिममा १० वटा गाई मरेका छन् ।
जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का महासचिव हिरोसी मोरियामाले जुलाईमा भएको विनाशकारी माथिल्लो सदनको चुनावी परिणामपछि मङ्गलबार पद त्याग्ने प्रस्ताव गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव ८९ अङ्कले घटेर दुई हजार ७४१ दशमलव ९७ विन्दुमा कायम भएको छ ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार आफ्नो देश ‘अधिकतम तयारी’ मा रहेको र संयुक्त राज्य अमेरिकाले क्यारेबियनमा तैनाथ गरेको सेनाबाट आक्रमण भएमा जवाफ दिन तयार रहेको चेतावनी दिनुभएको छ ।
रसुवा जिल्लाको गोसाई कुण्ड गाउँपालिका–६, सोलेस्थित खोलामा मोटरसाइकल दुर्घटना भई हराएका दुई जनाको शव फेला परेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालसँग श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाक सेवा सम्झौता गर्नुपर्ने बताउनु भएको छ ।
फुटबल प्रशिक्षक प्रदीप हुमागाईले अमेरिकामा फुटबल क्लब खोल्ने घोषणा गर्नुभएको छ ।
सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपालबिच गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गर्नुभएको छ ।
म्यान्माको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले मङ्गलबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कालीकोटको शुभकालिका–१ गगनेखोलामा शनिबार गएको पहिरोले अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो एकतर्फी खुलेको हो।
बाँकेका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ।
अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ कुहिने भएको छ।
ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको हो ।