म्यान्माको मानवीय अवस्था दिनप्रतिदिन बिग्रँदै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले मङ्गलबार गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कालीकोटको शुभकालिका–१ गगनेखोलामा शनिबार गएको पहिरोले अवरुद्ध भएको राजमार्ग मंगलबार दिउँसो एकतर्फी खुलेको हो।
बाँकेका आठ मध्ये सात वटा स्थानीय तहका पशु चौपायामा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ।
अष्ट्रेलियामा टप एन्ड टी–२० सिरिज र अभ्यास खेल खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार स्वदेश फर्किएको छ ।
गगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाको स्याउ कुहिने भएको छ।
ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको हो ।
सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३३० जना कैदीबन्दी रहेका छन् ।
सप्तरीको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा डायलासिस गर्ने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । जिल्लामा मिर्गौलामा समस्या हुनेको संख्यामा बृद्धिभएपछि डायलासिस गर्ने बिरामीको संख्या वृद्धि भएको हो ।
भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ ।
जिल्ला सदरमुकाम खलङ्गामा खानेपानीको चरम अभाव भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको वार्तामा दुवै मुलुकबिचको सम्बन्ध हाल ‘अभूतपूर्व स्तरमा’ पुगेको बताउनु भएको छ ।
युरोपेली सङ्घ (इयु) को सैन्य खर्च सन् २०२५ मा तीन खर्ब ८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ ।
युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ ।