नेपाल सरकारले मित्रराष्ट्र कतारलाई एक जोडी हात्ती उपहार दिएको छ । पूर्वी चितवनको खगेन्द्रमली पोस्टमा जन्मिएको छ वर्षको खगेन्द्रप्रसाद र प्रजनन केन्द्रमा जन्मिएकी छ वर्षकै रुद्रकलीलाई बुधबा
हरेक वर्ष स्ट्रबेरी (भुइँऐसेलु) खेतीबाट राम्रो आम्दानी गर्दै आउनुभएका किसान वीरेन्द्र खड्काले यस वर्ष पनि स्ट्रबेरी खेतीलाई निरन्तरता दिनुभएको छ ।
एसइईको नतिजा सुधारका लागि पाल्पाको तिनाउ गाउँपालिकाले विद्यार्थीलाई विद्यालयमै बासको व्यवस्था गरेको छ । एसइईको नतिजा खस्केपछि गाउँपालिकाले नतिजा सुधारका लागि विद्यार्थीलाई विद्यालयमै बासको व्यवस्था गरेर पठनपाठनको व्यवस्था मिलाएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चेपाङ भाषा
बाँकेको राजनीतिमा २०५१ सालदेखि नै सक्रिय अनि हरेक निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका विघटित प्रतिनिधि सभा सदस्य डा. धवलशमशेर राणाले आसन्न निर्वाचनमा प्रतिस्पर्धा नगर्ने घोषणा गर्नुभएको छ । डा. राणाले २०५१ सालमा सेफ दी नेसनका तर्फबाट बाँके क्षेत्र नम्बर २ बाट प्रतिस्पर्धा गर्नुभएको थियो । २०५४ सालमा उहाँ नेकपा (एमाले) का तर्फबाट नेपालगन्ज नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित ताजपुरिया भाषा
म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुन्डे सडक कालोपत्रे गरेको तीन महिनामै उप्किएको छ । ठेकेदारको लापर्बाहीका कारण सडकका विभिन्न स्थानमा कालोपत्रे उप्किँदा खाल्टाखुल्टी परेका छन् । ठेकेदारले कमसल खालको कालोपत्रे गरेकाले चाँडै नै उप्किएको स्थानीयले बताएका छन् । कालोपत्रे उप्किएपछि स्थानीयले विरोध जनाउँदै फेरि कालोपत्रे गर्नुपर्ने माग गरेका छन् ।
तनहुँको सदरमुकाम दमौलीस्थित प्रादेशिक अस्पताल दमौलीको व्यवस्थापन समिति अध्यक्षमा व्यास नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त हुनुभएको छ ।
सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय दैलेखले जिल्लाका विभिन्न गाउँमा अवैध हातहतियारको खोजी अभियान तीव्र पारेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) गणेशबहादुर बरालले निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको विशेष अभियान अन्तर्गत गाउँ गाउँमा हातहतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको जानकारी दिनुभयो ।
कर्णाली प्रदेश सभाको आगामी हिउँदे अधिवेशनको बैठक सूचना प्रविधि कक्षमा बस्ने भएको छ । जेनजीको आन्दोलनका क्रममा गत भदौ २४ गते कर्णाली प्रदेश सभामा आगजनी भएको थियो । आगामी माघ २१ गतेदेखि हुने हिउँदे सभाको बैठक प्रदेश सभाको परिसरमा रहेको सूचना प्रविधि कक्षमा बस्ने भएको हो ।
पर्वतीय क्षेत्रको अमूर्त संस्कृतिसँग सम्बन्धित रचनात्मक उत्पादनहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष सम्मेलन आयोजना गरिएको छ । ‘विश्वका अमूर्त सांस्कृतिक सम्पदा’ नाम दिइएको उक्त सम्मेलनमा नेपालको हिमाली क्षेत्र र चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रको अमूर्त सांस्कृतिक सम्पदाको प्रवद्र्धन, सांस्कृतिक आदानप्रदान गर्दै दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्ने विषयमा छलफल गरिएको थियो ।
भारत सरकारको सहयोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–५ स्थित राज्यलक्ष्मी माध्यमिक विद्यालयका लागि निर्माण गरिने विद्यालय भवनको शिलान्यास गरिएको छ ।
विद्यार्थीको समग्र सिकाइ उपलब्धि राम्रो बनाउनका लागि आधारभूत तहमा शिक्षाको गुणस्तर अझ राम्रो हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पूर्ण प्रयोगशाला परीक्षण सेवा चौबिसै घण्टा उपलब्ध गराइने भएको छ ।