कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने÷नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ ।
टर्कीको राजधानी अङ्काराबाट उडान भरेको एउटा निजी जेट मङ्गलबार दुर्घटनाग्रस्त हुँदा लिबियाका सैन्य प्रमुखसहित अन्य सात जनाको मृत्यु भएको छ । लिबियाली अधिकारीका अनुसार विमानमा आएको प्राविधिक खराबीका कारण उक्त दुर्घटना भएको हो ।
दमक नगरपालिका–७ लालीगुराँस टोलस्थित भित्री सडकखण्डमा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
म्याग्दीको बेनी नगरपालिका–३, मरेककी एकल महिला कर्णकुमारी पुर्जा पुनले गत वर्षको सुन्तला बेचेर थाल्नुभएको पक्की घर निर्माण यस वर्षको सुन्तला बिक्रीसँगै सम्पन्न हुँदैछ ।
समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ ।
बङ्गलादेशमा हिन्दु धर्म मान्ने दिपुचन्द्र दासमाथि कुटपिट गरी हत्या गरिएको र मृत्युपछि समेत अमानवीय व्यवहार गरेको घटनाको विरोधमा सुनसरीको इनरुवामा प्रदर्शन भएको छ।
निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते हुनुभएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य सुधारोन्मुख छ ।
नवलपुरमा पुष १२ गते आलोक स्मृति म्याराथन प्रतियोगिता हुने भएको छ ।
अत्यधिक चिसो र शीतलहरका कारण महोत्तरीसहित सम्पूर्ण तराई–मधेश क्षेत्रको जनजीवन प्रभावित बनेको छ।
जमुना हिल्सा जोड्ने कर्णाली करिडोरमा सवारी दुर्घटना हुँदा छ जना घाइते भएका छन् । कालीकोटको पलाताबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२ ००१ ख ०९२४ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा छ जना घाइते भएका हुन् ।
बारा जिल्लामा किसानको प्रमुख नगदे बालीका रुपमा आलुखेती निरन्तर स्थापित हुँदै आएको छ । पछिल्ला दुई वर्षको तथ्याङ्कले जिल्लामा आलुखेतीको क्षेत्रफल करिब स्थिर रहे पनि उत्पादनमा भने मौसम र अन्य कारणले गर्दा सामान्य उतारचढाव हुने गरेको छ ।
गुल्मीमा ट्याक्टर दुर्घटना भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर– १ जुकेपानीमा लु. ४ त. ८३६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको छ । आज पनि दुवै धातुको मूल्यमा बढोत्तरी भएको छ ।
आयआर्जनका कार्यक्रमका लागि सूचना जारी गरेर प्रास्तावना माग गरिएको भए पनि छनोटमा समस्या आएको छ । नयाँ कार्यविधि नआउदा आयआर्जनका कार्यक्रम सञ्चालनमा समस्या भएको हो ।