• ९ पुस २०८२, बुधबार

गुल्मीमा ट्याक्टर दुर्घटना

blog

दुर्घटना भएको ट्याक्टर । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, पुस ९ गते ।
गुल्मीमा ट्याक्टर दुर्घटना भएको छ । यस जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–१ जुकेपानीमा लु. ४ त. ८३६ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुधबार बिहान तल्ले घर कन्ट्रक्सनको ट्याक्टर दुर्घटना भएको हो । यहाँको निस्ति–जुकेपानी–नयाँपोखरा जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा सिमेन्ट र तेलको ड्रम लोड गरी जाँदै गर्दा सो ट्याक्टर दुर्घटना भएको बताइएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर– ४ दोहोलीका २४ वर्षीय राजेश गन्धर्वले चलाएको न्यु होल्यान्ड ट्याक्टर अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।