सर्लाहीका किसान धानबालीमा सिँचाइका लागि विद्युतीय मोटरको भर पर्न बाध्य भएका छन् । यो वर्ष किसानले धान रोपाइँका लागि पानीको अभाव झेल्नु परेको थियो । जसोतसो धान रोपाइँ गरेका किसानले अहिले गोड्ने बेलामा पनि विद्युतीय मोट
मोरङको ग्रामथान गाउँपालिका–१ का झपटसिंह थारू अहिले ७५ वर्षको बुढ्यौली उमेरको दिनचर्यामा हुनुहुन्छ । करिब ५७ वर्षअघि उहाँको विवाह हुँदा थारू समुदायमा दाइजोको कुनै चलन थिएन । थारू संस्कार अनुसार भएको उहाँको विवाहमा ससुरालीले उहाँलाई कन्यादान गर्दा एउटा थाल र लोटा दिएको अहिले पनि झलझली याद छ तर यो पाँच दशकको अवधिमा थारू समुदायको विवाह संस्कारमा ठुलो परिवर्तन आइसकेको झपटसिंह थारू बताउनुहुन्छ ।
प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन, नियमावली, मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उद्देश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अद्यावधिक भएका छैनन । कोशी प्रदेशमा बचत तथा ऋण, कृषि, बहुउदेश्यीय, तरकारी, फलफूल, सूचना तथा सञ्चार, चिया, जडीबुटी, सुपारी, दुग्ध उत्पादक, उपभोक्ता र जिल्ला सहकारी सङ्घलगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् ।
लोक सेवा आयोगले युवा विद्यार्थीलाई विदेश पलायनको सोच त्यागेर राष्ट्रसेवामा आबद्ध हुन प्रेरित गर्न गर्न थालेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीसँग सोमबार विराटनगरमा अन्तर्क्रिया गरिएको हो । आयोगको हीरक जयन्तीका अवसरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ भन्ने विषयमा विद्यार्थीसँग छलफल गरिएको हो ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । उहाँले परिणाममुखी नतिजाका लागि ‘स्मार्ट वर्क, टिमवर्क र नवीन सोच’ आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक वर्ष २०८१/८२ को वार्षिक समीक्षा तथा आगामी आव २०८२/८३ को कार्ययोजना तर्जुमा गोष्ठीको उद्घाटनपछि मन्त्री देवकोटाले कर्मचारीतन्त्रको सो
मकवानपुरमा डेंगु र ‘स्क्रब टाइफस’ का बिरामीको सङ्ख्या दैनिक बढिरहेको छ । बिरामीको सङ्ख्या बढेपछि सरकारी तथा निजीस्तरका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्न थालेको छ ।
बागमती प्रदेशको यही आइतबारबाट सुरु भएको प्रदेश सभाको बैठक प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको चलचित्रसम्बन्धी विधेयकलाई टुङ्गो लगाउने गरी बोलाइएको थियो
एसइई परीक्षा दिएर विद्यार्थी पलायन भइरहेको समस्या रोक्न तीन पालिकाले एउटै मञ्चमा प्रतिवद्धता जनाएका छन् । सिरहाको धनगडीमाइ नगरपालिका, लहान नगरपालिका र सप्तरीका सुरुङगा नगरपालिकाले यस्तो प्रतिवद्धता जनाएको हो ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष लक्ष्मण केसीलाई ‘सहिद गणेश शाह स्मृति पत्रकारिता पुरस्कार, २०८२’ प्रदान गरिएको छ ।
सामाजिक कलङ्कका रूपमा रहेको छाउपडी प्रथा हटाउन ऐन कानुन बने पनि उन्मूलन हुन सकेको छैन । विद्यालयमा अध्ययन गर्ने छात्रासमेत छाउपडी प्रथाको सिकार हुने गरेको पाइएको छ ।
गन्यापधुरा गाउँपालिकावासीले पाँच पटक प्रधानमन्त्री हुनुभएका कांग्रेसका सभापति शेरबहादुर देउवाको पालिका पुग्ने सडक कहिले कालोपत्रे हुने भनी स्थानीयले प्रश्न गरेका छन् ।
राति दर्किएको पानी बिहान हुँदासम्म सिमसिम पर्दै थियो । कुलोमा टापी (माछा मार्ने पासो) थापेर थारू महिला लामबद्ध थिए । बिहीबार बिहान देखिएको यो दृश्य सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको हो । ग्रामीण क्षेत्र होस् वा सहर पानी प
डोजरले खनेको सडकबाट पहिरो खस्दा दुई वटा घरसहित पशुचौपाया पुरिएका छन् । परिवारका १६ जना सदस्यले भागेर ज्यान जोगाए पनि ९० वर्षीय गोदावरी चन्द घाइते हुनुभएको छ । घाइते चन्दको जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि डडेलधुरा अस्पताल रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी बलराम पाण्डेयले बताउनुभयो ।
उच्च हिमाली क्षेत्रमा जाने पर्यटकलाई लेक लाग्ने जोखिम बढ्दो क्रममा छ । छोटो समयमा एकै पटक होचो भूभागबाट उचाइमा जाने जोखिम मोल्दा लेक लाग्ने गरेको पाइएको हो ।
आफन्त हराएको लामो समयसम्म सम्पर्कमा नआएपछि कानुनी प्रमाण लिन अदालत जाने परिवारको सङ्ख्या पश्चिम नवलपरासीमा बढ्दै गएको छ ।