नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबारदेखि आरम्भ भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनको तयारी, प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची बुझाउनेसहित समसामयिक सन्दर्भमा निर्णय गर्न बैठक बसेको हो ।
त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह बिहीबार हुँदै छ । विश्वविद्यालयका रजिस्ट्रार प्राडा केदार रिजालका अनुसार दीक्षान्त समारोहमा एमफिल, स्नातकोत्तर र स्नातक तहमा सर्वोत्कृष्ट विद्यार्थीलाई २७ वटा पदक र पुरस्कार वितरण गरिने छ ।
जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर लखन्देही पुलमा बुधबार मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको ज्यान गएको छ ।
नागरिक लगानी कोषको ३१औँ वार्षिक साधारणसभा पुस ३० गते आयोजना हुने भएको छ । साधारणसभा कोषको आफ्नै भवन परिसरमा सञ्चालन हुने जनाइएको छ ।
राष्ट्रिय सभाका सांसदहरूले अध्यागमन विभागका कर्मचारीहरूले सेवाग्राहीलाई अनावश्यक दुःख दिने गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता विवाद समाधानका लागि सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउन प्रस्ताव गर्नुभएको छ ।
काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रूसी आक्रमण अन्त्य गर्न अमेरिकी नेतृत्वको मस्यौदा योजनाको पछिल्लो संस्करणमा युक्रेनले केही राहत मिल्ने देखिएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ ।
बुटवलमा रहेको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले सरकारबाट भुक्तानी हुनुपर्ने रकम पुस मसान्तसम्म भुक्तानी नभए माघ १ गतेदेखि सरकारले सञ्चालन गरेको विपन्न नागरिक औषधी उपचार कार्यक्रम अन्तर्गत मिर्गौलाको निःशुल्क डायलाइसिस र मुटुको निःशुल्क उपचार बन्द गर्ने घोषणा गरेको छ।
यो वर्षको तमू ल्होसार तीन दिनसम्म मनाइने भएको छ । पुस १३, १४ र १५ गते तीन दिन विविध सांस्कृतिक प्रस्तुतिका साथ तमू ल्होसार मनाउने आयोजकले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्य सम्पादन गरेका दुई प्रहरीलाई सम्मान गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली–१६ रहजरमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। अर्का एक घाइते भएका छन्।
बागलुङ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको ८ आंैं बागलुङ महोत्सव अन्तिम तयारी भएको छ । शुक्रबारदेखि महोत्सव सुरु हुनेछ ।