गुल्मीको छत्रकोट गाउँपालिकाको गाउँसभाको २१ औं अधिवेशन सुरु भएको छ । यस गाउँपालिकाको गाँउसभाको २१ औं अधिवेशनको प्रथम बैठकबाट ५७ लाखभन्दा बढीको स्रोत सुनिश्चितता गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाएको छ । स्थानीय तह स्थापना भएको करिव १० वर्षपछि गाउँपालिकाले आफ्नै लोगो बनाएको हो ।
धन कमाउने सपना बोकेर सुदूरपश्चिम प्रदेशबाट भारतको पिथौरागढ पुगेका महिला र बालबालिका मानव तस्करी र बलात्कारको सिकार हुने गरेको घटना बाहिर आएको छ । घटनामा परेका ७५ महिला र बालिकाको उद्धार गरिएको छ । पछिल्लो समय महिला र बालबच्चासहित ज्यालामजदुरी गर्न जानेको सङ्ख्या बढेको छ । विद्यालय पढ्ने उमेरका बालबालिकासमेत धन कमाउने सपना बोकेर पिथौरागढ पुग्ने गरेका छन् ।
जैमिनी नगरपालिकाको १८ औँ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ । नगरसभाले गत असारमा भएको अधिवेसनले विनियोजन गरेको बजेटको रकमान्तरण तथा पुनरावलोकन गरेको छ । त्यो मध्ये विभिन्न शीर्षकको एक करोड ६३ लाखको बजेट व्यवस्थापन गरेको हो ।
सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरुविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लगाउँदै तीन वटा संगठनले राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गरेका छन् ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चाडपर्वहरूले आपसी सहिष्णुता र सद्भावलाई सुदृढ बनाउने बताउनुभएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्व–उत्सवहरूले सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई सुदृढ बनाइ समाजवादको लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
पश्चिम नवलपरासीको बसहिया गाउँ क्षेत्रमा देखिएका चारवटा विशाल अजिङ्गरहरूको बुधबार उद्धार गरिएको छ । बैदौली पुल नजिकै फेला परेका ती अजिङ्गरहरूलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो ।
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
गोरखाको अजिरकोट गाउँपालिकाले पर्यटन प्रबद्र्धनलाई नयाँ उचाईमा पु–याउने उद्देश्यसहित घोडा पर्यटन कार्यक्रम सुरु गर्ने तयारी गरेको छ ।
क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।
बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो ।
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।
बर्दिवास नगरपालिकाको उत्तरवर्ती ढुङग्रे गढन्ता–५ स्थित भित्री सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक नाबालकसहित दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ । काठमाडौँमा चन्द्रागिरि ‘बालश्रम मुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका हुने जनाइएको छ ।