बिहीबार त्रिभुवन विश्व विद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनुपर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो।
घडियाल गोही प्रजननका लागि चर्चित बन्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीको परेवा ओडारमा फेरि दस वटा घडियाल गोहीका बच्चा प्राकृतिक बासस्थानमा छोडेको छ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्काल निर्वाचनको कुनै सम्भावना नरहेको बताउनु भएको छ ।
बागलुङ नगरपालिकाले पर्याप्त सेवाका लागि स्वास्थ्यकर्मी र उपचार सामग्रीको व्यवस्थापन गरेपछि परिवार नियोजन र पाठेघरको उपचारमा बागलुङ नगरपालिका वडा ५ स्थित मालिका स्वास्थ्य चौकी अब्बल बन्दै गएको छ ।
विश्व सन् २०२५ को अन्तिम सातामा छ ।
बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ।
उत्तर कोरियाले आणविक-सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको सङ्केत दिएको छ । राज्य सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्बिरमा धेरै हदसम्म पूरा भएको पनडुब्बीको बाहिरी संरचना देखिन्छ ।
नेपाल सरकारको अर्थमन्त्री डा.रामेश्वर खनालले फागुन २१ गतेको चुनावपछि अर्थतन्त्र पूर्णरूपमा लयमा फर्किने बताउनु भएको छ ।
हिन्दु धर्माबलम्बीहरुको प्रमुख धार्मिक क्षेत्रको रूपमा परिचित देवघाटघाम क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।
मदाने गाउँपालिका –३ सिर्सेनीकी मिना अर्यालले छोराछोरी बिद्यालय पठाएपछि ११ बजे गुल्मी उद्योग बाणिज्य संघको हलमा सिलाइकटाइ सिक्न आउनुहुन्छ ।
हुम्लाको सदरमुकाम सिमकोट नजिकैको सडकमा ट्रक फसेपछि आवत–जावतमा समस्या भएको छ । जिल्लाको सदरमुकाम सिमकोटको मानसरोबर विद्यालय नजिकै लु.प्रं.०१.००१ ख ०६४७ नम्बरको ट्रक फसेपछि आवत–जावतमा समस्या भएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका–१ मा पर्ने तिब्बतीयन गाउँ र पात झरेर उजाड बनेको स्याउ बारी । करिब ५० वर्ष भन्दा लामो इतिहास बोकेको तिब्बतीयन गाउँमा परम्परागत घरहरु विस्थापित गरेर आधुनिक जस्तापाताले छाएको घरहरु मात्रै छन् ।
१७ वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का कार्यवाहक अध्यक्ष तारिक रहमान बिहीबार स्वदेश फर्किनु भएको छ ।
यहाँको नीलकण्ठ नगरपालिका–८, ज्यामिरेकी देवकी श्रेष्ठले एक वर्षअघि तीन महिनाको तालिम लिएर गलैँचा बुन्न थाल्नुभएको थियो । घरमै गलैँचाको तान (ठग्टी) हालेर गलैँचा बुन्दै आउनुभएकी उहाँले हालै सो काम छाड्नुभएको छ ।
गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबिच दुई वर्षभन्दा बढी समयपछि बेथलेहेम सहरले पहिलो पटक क्रिसमस पर्व मनाएको छ । बुधबार राति येशू ख्रीष्टको जन्मस्थल मानिने ऐतिहासिक चर्च अफ द नेटिभिटीमा सयौँ श्रद्धालु भेला भई सामूहिक प्रार्थनामा सहभागी भए ।