प्रधानमन्त्री केपी शर्मा ओली बेइजिङमा आयोजना भएको विजय उत्सवसम्बन्धी ८०औँ वार्षिकोत्सवका विशेष सैनिक ‘परेड’ कार्यक्रममा सहभागी हुनुभएको छ ।
हराइरहेकी बालिका मृत अवस्थामा फेला परेकी छन् । हेटौँडा उपमहानगरपालिका–१९ पुल्चोक टोलकी नौ वर्षीय बालिका बुधबार बिहान मृत अवस्थामा फेला पर्नुभएको हो ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका-७ स्थित डिभिजन वन कार्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका –४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रक र स्कार्पियो एकआपसमा ठोक्किँदा सात जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
नवलपुरको कावासोतीमा निर्माणाधीन नमुना सदरमुकामबाट ६५ बण्डल फलामको रड गायब भएको छ । रौतहटको चौधरी कन्ट्रक्सनले भवन निर्माण गरिरहेको स्थलबाट फलामको रड गायब भएको हो ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिकाकाभित्र रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
पृथ्वीराजमार्ग पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बजारस्थित दुई स्कुटर र मोटर साइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।
राजविराजको मुटुमा रहेको जिल्लाको एकमात्र सुविधासम्पन्न सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालको मुख्य गेट बन्द भएपछि बिरामीले सास्ती व्यहोर्नु परेको छ ।
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाको कृषिकार्यक्षेत्र घोडाघोडी र भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, तथा बर्दगोरिया गाउँपालिकासहित सात स्थानीय तहमा विस्तार भएको छ ।
यतिबेला जिल्लाका उच्च पाटन क्षेत्रमा भेडीगोठ सारिएका छन् । मध्य बर्खा भएसँगै होचा स्थानबाट चार हजार पाँच सयदेखि पाँच हजार मिटर उचाइका क्षेत्रमा भेडीगोठ सारिएका हुन् ।
इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको विकाशमा श्रम गर्ने अभियान सञ्चालनको थालनी गरिएको छ ।
सर्लाहीका किसान धानबालीमा सिँचाइका लागि विद्युतीय मोटरको भर पर्न बाध्य भएका छन् । यो वर्ष किसानले धान रोपाइँका लागि पानीको अभाव झेल्नु परेको थियो । जसोतसो धान रोपाइँ गरेका किसानले अहिले गोड्ने बेलामा पनि विद्युतीय मोट
मोरङको ग्रामथान गाउँपालिका–१ का झपटसिंह थारू अहिले ७५ वर्षको बुढ्यौली उमेरको दिनचर्यामा हुनुहुन्छ । करिब ५७ वर्षअघि उहाँको विवाह हुँदा थारू समुदायमा दाइजोको कुनै चलन थिएन । थारू संस्कार अनुसार भएको उहाँको विवाहमा ससुरालीले उहाँलाई कन्यादान गर्दा एउटा थाल र लोटा दिएको अहिले पनि झलझली याद छ तर यो पाँच दशकको अवधिमा थारू समुदायको विवाह संस्कारमा ठुलो परिवर्तन आइसकेको झपटसिंह थारू बताउनुहुन्छ ।
प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन, नियमावली, मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उद्देश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अद्यावधिक भएका छैनन । कोशी प्रदेशमा बचत तथा ऋण, कृषि, बहुउदेश्यीय, तरकारी, फलफूल, सूचना तथा सञ्चार, चिया, जडीबुटी, सुपारी, दुग्ध उत्पादक, उपभोक्ता र जिल्ला सहकारी सङ्घलगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् ।