• १० पुस २०८२, बिहिबार

विभिन्न समुदायका पर्वले मेलमिलापको वातावरण बनाएका छन् : कावा सभापति खड्का

blog

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का

काठमाडौँ, पुस १० गते । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना र सद्भावलाई अझ मजबुत बनाइरहेको बताउनुभएको छ ।

इसाई धर्मावलम्बीहरूको पर्व ‘क्रिसमस डे’ का अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न मुलुक भएको उल्लेख गर्दै एकता र मेलमिलापको वातावरण सिर्जना गर्न पर्वले भूमिका खेलिरहेका उल्लेख गर्नुभयो ।

“यिनै विविधताभित्र मनाइने यहाँका विभिन्न चाडपर्व, धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा रहिआएको छ”, कावा सभापति खड्काले सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले ‘क्रिसमस डे’ का अवसरमा सबैमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ । रासस