उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैँकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबिच शिष्टाचार भेटघाट भएको छ ।
भारतको पञ्जाब राज्यका करिब एक हजार गाउँ विनाशकारी बाढीका कारण डुबानमा परेका छन् । बाढीले हजारौँ मानिस राहत शिविरमा शरण लिन बाध्य भएको सरकारी अधिकारीले जनाएका छन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीको उमेरहदसम्बन्धी आफूले यसअघि राखेको प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा नभएको प्रष्ट पार्नुभएको छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले परम्परागत र प्रक्रियामुखी कार्यशैलीबाट प्रदेशले अपेक्षित समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ ।
संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकविरुद्ध १३ वटा विद्यार्थी संगठनले आन्दोलित हुँदै संशोधनको माग गरेका छन् ।
समुद्री सतहदेखी करिब चार हजार मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–१ मा अवस्थित उच्च हिमाली लेक बतासे याक खर्कमा नन्दबहादुर भण्डारीद्वारा उत्पादन गरिएको करिब ६ सय भेडा चरणतर्फ लैजाँदै गोठालो ।
आर्थिक वर्ष २०८१-०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ ।
युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।
अविरल वर्षासँगै आएको बाढीपहिराका कारण देशका १३ स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङखुवासभाको भोटखोला गाउँपालिकामा कोशी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकामा सोही राजमार्गको केही भागमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुट्नुभएको छ । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गर्नुभएको हो ।
आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको भदौ ८ गतेको निर्णयानुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सञ्चालन गरिने भएका हुन् ।
यहाँको हिले जलजले सामुदायिक वन क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिएको छ । बनेपा नगरपालिका–२ घिमिरेगाउँ नजिकैको थुम्कीखोला र ओख्रेखोलाको सङ्गमस्थलमा बहुउद्देश्यीय पर्यटकीय कृत्रिम ताल निर्माण गरिएको हो ।
रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रको अतिक्रमण हटाउने भएको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने, व्यापार गर्ने काममा पालिकाले बन्देज लगाएको हो ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेशमा अब सरकार बनाउने पालो हाम्रो पार्टीको आएको बताउनुभएको छ ।
फोहाेरको उचित व्यवस्थापनमार्फत आयआर्जनका गतिविधि एवं रोजगारी सृजना गर्न स्थानीय तहहरूबिच असल अभ्यास, प्रविधि र सीप आदानप्रदान गर्नुपर्नेमा जोड दिइएको छ ।