सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी तथा जिम्मेवार व्यक्तिहरूको सुरक्षाबारे विश्वविद्यालय परिवारले गम्भीर चासो व्यक्त गरेको छ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले क्रियाशील सदस्यता वितरण सम्बन्धमा आवश्यक समन्वय र सहजीकरण सम्बन्धमा चार बुँदे निर्देशन दिनुभएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका पार्टी अध्यक्ष कमल थापालाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ र बाँके २ बाट सिफारिस गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी फागुनमा हुने निर्वाचनमा जान कांग्रेस तयार रहेको बताउनुभएको छ ।
बाँकेको फोटोसहितको मतदाता नामावलीमा ९९३ जनाको दोहोरो नाम फेला परेको जिल्ला निर्वाचन कार्यालय, बाँकेले जनाएको छ।
कोहलपुर उद्योग वाणिज्य सङ्घले बुधबारदेखि सञ्चालन गर्न लागेको कोहलपुर महोत्सवको तयारी पूरा भएको जनाएको छ ।
नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएका छन् । संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको खोरिया मुहाननजिक नारायणी नदीमा डल्फिन देखिएको बताउनुभयो ।
फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण बनाउने समझदारी भएको छ।
एक साताअघि सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा आगलागीबाट क्षति भएको उखु चिनी मिलहरुले खरिद गरिदिने भएका छन् ।
सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले वर्तमान सरकार देशलाई अस्थिरता, अन्योल र दिशाहिनतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका(११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गर्नु भएको छ।
कोशी प्रदेशका चिकित्सकले सरकारबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
बालविवाह रोक्नका लागि स्थानीयस्तरमा व्यापक रुपमा जनचेतना जगाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन्।