उच्च गतिको मोबाइल र इन्टरनेट सेवा ग्रामीण क्षेत्रसम्म पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले लमजुङ जिल्लाका दुर्गम क्षेत्रमा जिएसएम प्रविधिमा आधारित फोरजी सेवा विस्तार गरेको छ ।
भारतको उत्तर प्रदेशको हमिरपुर जिल्लामा एक जोडी कुकुरबीच भव्य विवाह भएको छ ।
नेपाल एकीकरणपछि सुदूरपश्चिम क्षेत्र र काठमाडौँ सम्पर्कमा आए । भूगोल जोडिएको धेरै समय भए पनि जनस्तर र सांस्कृतिक रूपमा सूदूरपश्चिम र काठमाडाैँ उपत्यका जोडिन धेरै समय लाग्यो ।
इलामको चुलाचुलीमा गएराति चन्द्रबहादुर विष्टको घरमा आगलागी हुँदा तीन लाखभन्दा बढीको क्षति भएको छ । राति करिब १० बजे चुलाचुली गाउँपालिका– ६ तोरीवारीका विष्टको टिनको छानो र टिनको बेरा भएको एकतले घरमा आगलागी भएको हो ।
लमही नगरपालिकाले गएको असार १० गते वडा नं. ३ स्थित कान्छिगाउँका २३ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाको पुर्जा (जग्गाधनी प्रमाणपत्र) वितरण गरिएको छ ।
प्रायः कैदीबन्दी शून्य रहने मनाङ कारागारमा पछिल्लो वर्षमा कैदीबन्दी तथा थुनुवाको सङ्ख्या बढ्दै गएको छ । शान्ति सुरक्षाका दृष्टिले कम संवेदनशील मानिएको मनाङको सदरमुकाम चामेस्थित कारागारमा पाँच जना कैदीबन्दी तथा तीन जना थुनुवा गरी आठ जना रहेको मनाङ कारागार प्रशासक महेशकुमार गौतमले बताउनुभयो ।
नेपालको सुदूरपश्चिम क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको गौरा पर्व अमेरिकाको मेरिल्याण्ड राज्यस्थित हिन्दू–बुद्ध मन्दिरको प्राङ्गणमा धुमधामका साथ सम्पन्न भएको छ ।
राज्यको विकासको मूल प्रवाहमा दलित समुदायलाई समावेश गर्दै समतामूलक समाज निर्माण गर्ने लक्ष्यका साथ गण्डकी प्रदेशमा दलित अधिकार ऐन बनेको छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशमै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने र सवारी कर अनलाइनबाट तिर्ने व्यवस्था मिलाउने भएको छ । चालु वर्षमा यसका लागि बजेट विनियोजन गरेको सरकारले चाँडै यातायात कार्यालयको सेवा सहज बनाउने उपाय खोजेको हो ।
सशस्त्र द्वन्द्वको घाउ आज पनि बाँकेका धेरै महिलाको जीवनमा ताजै रहेको छ । आफ्ना श्रीमान् हराएको पीडा बोकेर यहाँका धेरै महिला ‘सास वा लास’ को प्रतीक्षामा बसिरहेका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा चोरीसिकारी नियन्त्रण र निकुञ्ज सुरक्षालाई प्रभावकारी बनाउन नदीमा र्याफ्टिङ गस्ती सुरु गरिएको छ । वर्षायाममा सडक बिग्रने र नियमित पैदल तथा सवारी गस्ती कठिन हुने भएकाले नयाँ विधि प्रयोग गरिएको हो ।
सडक खुलेको २३ वर्षसम्म धुलो र हिलोको समस्या झेल्दै आएका स्थानीयले सडक कालोपत्रे भएपछि राहत अनुभव गरेका छन् । गुल्मीको इस्मा गाउँपालिका–२ को छल्दी हुँदै रातचौर र रातडाँडा पुग्ने यो सडक लामो समयदेखि मर्मत र स्तरोन्नति नहुँदा धुलो र हिलोको समस्यामा बढ्दै गएको थियो । सडकलाई तीन खण्डमा विभाजन गरी कालोपत्रे गर्ने योजना अनुसार रातचौर र रातडाँडा क्षेत्रमा हाल काम अन्तिम चरणमा पुगेको हो ।
धादिङ–मलेखु सडकखण्डको दारेगौँडाभिर बर्खा सुरु भएसँगै यस वर्ष पनि उच्च जोखिममा परेको छ । कालु पाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८ ससाह नजिकै पर्ने दारेगौँडामा सडक पहिराले जोखिममा परेको हो ।
गोरखामा बस दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
विगत दुई दशक भन्दा बढि समयदेखि नेपाली गीत संगीतमा सक्रिय गायक नारायण थापाको आवाजमा रहेको नयाँ गीत “माया मारिगयौ” सौगात जंग थापा युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक भएको छ। गीतमा पिटर दर्नालको शब्द, विशाल निरौलाको संगीत र एरेन्ज, रञ्जन राईको मिक्सिंग मास्टरिंग रहेको छ भने सुशान्त ढकाल र एलिना गुरुङ्ग लगायतका कलाकारको अभिनय, दिपक गिरीको छायांकन राकेश दाहालको सम्पादन र राजिव समरको निर्देशन रहेको छ।