कैलालीको धनगढी उपमहानगरपालिका–१६, भादा गाउँमा थारू होमस्टे भादा महोत्सव आयोजना हुने भएको छ । पुस १७ गतेदेखि २१ गतेसम्म आयोजना हुने महोत्सवको तयारी अन्तिम चरणमा रहेको थारु होमस्टे भादा महोत्सव मूल आयोजक समितिका संयोजक लक्ष्मीनारायण चौधरीले जानकारी दिनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले राजनीतिक दलहरूको सञ्जाल तल्लो तहसम्म सक्रिय भएकाले उनीहरूमार्फत निर्वाचनको सन्देश प्रवाह गर्न सरकार सक्रिय भएको बताउनुभएको छ ।
सरकारले बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य लिएकोमध्ये ८ प्रतिशत मात्रै पूरा गर्न सफल भएको छ ।
भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्माण सहयोग प्रदान गर्ने घोषणा गरेको छ ।
साविक विजेता नेपाली सेनाका धावक करण रावल छैटौँ क्रसकन्ट्री दौडको च्याम्पियन बन्नु भएको छ ।
पछिल्लो तीन दिन कारोबार निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ ।
बङ्गलादेशले भारतमा आफ्ना कूटनीतिक निकायमा भएको आक्रमण प्रति गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ दिल्ली र सिलिगुडीमा भएका घटनाको विरोध गर्न भारतीय उच्चायुक्तलाई बोलाउदै बङ्गलादेशको विदेश मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गरेको छ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशलाई एउटा अभिभावक आवश्यक रहेको बताउनु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा रहेको दाउन्ने बजार क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहराहरू मङ्गलबार हटाइएको छ ।
जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुरमा हुने आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डसँग खेल्ने भएको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति हुनुभएका प्रकाशराज थापालाई जङ्गी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।
नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले मुलुकको विद्यमान सङ्कट समाधानका लागि निर्वाचनमा जाने पार्टीको संस्थागत निर्णय कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
सल्यानका ग्रामीण भेगमा हिजोआज स्थानीयहरूलाई खर, घुरो काट्ने चटारो छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेतासँग छलफल गर्नु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय, सिन्धुलमा घेराउ गरेका छन्।