हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् ।
सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए ।
लगातार भइरहेको वर्षाका कारण बाढीपहिरो र अन्य प्राकृतिक विपद्को जोखिम हुनसक्ने जनाउँदै जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासको चापलाई सम्बोधन गर्न ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ ल्याइएको बताउनुभएको छ । उहाँले राष्ट्रिय सभालाई जतिसक्दो छिटो सो विधेयक पारित गरिदिन आग्रह गर्नुभयो ।
सरकारले भारतबाट ४० हजार मेट्रिक गहुँ आयात गर्ने भएको छ । त्यसका लागि खाद्य तथा मैदा उद्योगलाई प्रस्ताव गर्न सूचना सार्वजनिक गरेको छ ।
कृषि सामग्री उत्पादनका लागि जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले कृषि औजार कारखाना वीरगन्जबाट व्यावसायिक उत्पादन गरी बिक्रीवितरण गरेको छ । केन्द्रले सरकारबाट लिएर २०७९ कात्तिकदेखि कारखाना सञ्चालन गरिरहेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।
चीनको थियानजिन सहरमा आयोजित शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलन सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बेइजिङ जाँदै हुनुुहुन्छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले कूटनीतिक माध्यमबाट संवाद गरी भारत र चीनबिच भएको ‘लिपुलेक समझदारी’ को विषय समाधान गरिने प्रस्ट पार्नुभएको छ । भदौ १३ गतेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सिंहदरबारमा सार्वजनिक गर्दै मन्त्री गुरुङले भारत र चीनबिच नेपालको भूमि लिपुलेक प्रयोग गर्ने समझदारीको विषय संवादबाटै हल गरिने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई विभाजन होइन, साझेदारी चाहिने बताउँदै क्षेत्रीय र विश्वव्यापी रूपमा मिलेर काम गरे मात्र न्यायपूर्ण, समावेशी, लचिलो व्यवस्था र दिगो विकास गर्न सकिनेमा जोड दिनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्गठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न निर्देशन दिनुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले विधान महाधिवेशनपछि पार्टी थप व्यवस्थित र एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । एमाले पोलिटब्युरो सदस्य आनन्द पोखरेल लिखित ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी निर्माणका लागि आफैँले तयार गरेको वैधानिक सीमालाई पनि परिष्कृत गर्दै जानुपर्ने बताउनुभयो । उहाँले परिवर्तनको उद्देश्यसँग गाँसेर स्थापित हुने पार्टी एमाले भएको दाबी गर्नुभयो ।
निजामती कर्मचारीको अवकाशको उमेरसम्बन्धी प्रक्रियामा सरकार र विपक्षमा रहेका दलले आआफ्ना अडान कायमै राखेपछि राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले सो विषय मतविभाजनमा गएर टुङ्ग्याउनुपर्ने भएको छ । समितिमा अल्पमतमा रहेको सत्तापक्षले भने आफ्नो अडानबमोजिम सहमति हुुनुपर्नेमा जोड दिइरहँदा विपक्षका दलले सत्तापक्षले अडान नछोडे मङ्गलबार मतविभाजनबाट सो विषय टुङ्ग्याइने जनाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र सङ्घलाई केन्द्रमा राखेर विश्वव्यापी शासन प्रणालीलाई अझ प्रभावकारी र कुशल बनाउनुपर्नेमा जोड दिनुभएको छ । साथै प्रधानमन्त्रीले क्षेत्रीय सहयोग बिना शान्ति र समृद्धि सम्भव नभएको बताउनु भएको छ ।