राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गर्नुभएको छ ।
म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरेको छ ।
बुलौदी र फिर्केखोलाले फेवातालको गाईघाटमा थुपारेको गेग्रान निकाल्न थालिएको छ। पोखरा महानगरले त्यहाँको करिब ३० रोपनीमा जम्मा भएको गेग्रान निकाल्न फूलबारी कन्स्ट्रक्सनलाई जिम्मा दिएको छ।
थाई सैन्य बलले मङ्गलबार सम्म कम्बोडियाका धेरै क्षेत्रमा गोलाबारी र ट्याङ्क-माउन्टेड मेसिन गनको प्रयोग गरी आक्रमण जारी राखेको कम्बोडियाको रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले मङ्गलबार बताउनु भएको छ ।
जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्थास्थिर रहेको दरबारका अधिकारीहरूले बताएका छन् । यसैबिच, उहाँको ९२ औँ जन्मदिन मङ्गलबार शान्त वातावरणमा मनाइएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले पालिकावासीको सेवाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नोकरी जाइसे न अभिएसे न कहिए बलम जी, घरे छुटी लके और कुछदिन रहिए बलम जी । टाउकोमा भारी, काँधमा गम्छा, मुहारमा मिठो मुस्कानसहित गीतमा रमाउँदै व्यापार गर्नुहुन्छ घुरन दास ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही पुस ९ गते बस्ने भएको छ ।
जिल्लाको मटिहानी नगरपालिकाले हरेक वर्ष पालिकामा गर्दै आएको एकीकृत घुम्ती शिविरलाई यस वर्ष पुनः निरन्तरता दिएको छ ।
रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन ।
उत्तरी गोखाको बेनीघाट-आरुघाट-लार्के सडक अन्र्तगत पर्ने दोभान-जगत सडक खण्ड पाँच दिनपछि पुन सञ्चालनमा आएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी गाउँनजिकै समुद्री सतहदेखि करिब ३ हजार ५०० मिटर उचाइमा रहेको बाख्रा गोठ र पृष्ठभूमिमा सेताम्मे हिउँसहितको तिलिचो हिमशृङ्खला । यहाँका स्थानीयले गोठमा भेडा, बाख्रा र च्याङ्ग्राहरु राख्ने गर्दछन् ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको टाइगर कप पुरुष तथा महिला भलिबलको छैटौँ संस्करण माघ ९ देखि पोखरामा हुने भएको छ । टाइगर गु्रप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।