अविरल वर्षाले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ मा गएराती आएको बाढीले पाँच घर पूर्णरूपमा बगाएको छ भने छवटा घरमा आंशिक क्षति भएको छ ।
घोराही उपमहानगरपालिकाले गुणस्तर नभएको दुध विक्री गर्ने ९ वटा डेरीपसललाई पाँच हजार रुपियाँका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।
भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हरायो । यससँगै नेपालले सिरिज ३–२ ले जितेको हो ।
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आउन चार दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी करिव पूरा भएको केन्द्रीय कार्यालयका पदाधिकारीहरुको भनाइ छ ।
म्याग्दीको पश्चिम क्षेत्रलाई सदरमुकामसँग जोड्ने प्रमुख सडक बेनी–दरबाङ सडकमा सिधा यातायात सेवा अवरुद्ध बनेको छ ।
यमनमा सक्रिय हुथी समूहद्वारा आइतबार संयुक्त राष्ट्रसङ्घका ११ जना कर्मचारीलाई नियन्त्रणमा लिएको घटनाप्रति महासचिव एन्टोनियो गुटेरेसले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
बागमती प्रदेशमा विवादित बन्दै आएको चिट्ठा विधेयकमाथि प्रदेश सभा बैठकमा छलफल सुरु भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले मधेश प्रदेशमा निर्माण भएका ऐन कानुनको प्रभावकारी कार्यान्वयनका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
जापानमा भालुको आक्रमण बढेपछि सरकारले सिकारीलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुक प्रयोग गर्न सजिलो हुने गरी हात हतियार सम्बन्धी नियम सहज बनाएको छ ।
नवलपुरको कावासोती –२ मा पर्ने हाटबजार लाइनको सडकछेउमै फलफूल व्यापारीहरूले व्यापार गर्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।
समग्र विकासका लागि गण्डकी र लुम्बिनी प्रदेशको सहकार्यलाई बढाउँदै लगिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआइ प्रयोग गर्न फाइभजी नेटवर्क कार्यान्व्यन हुन अनिवार्य भएकाले नेपाल टेलिकमलाई फाइभजी नेटवर्क सुचारु गर्न निर्देशन दिनुभएको छ ।
सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको अनिवार्य अवकाश उमेर हदबारे राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि निष्कर्षमा पुग्न सकेन ।
नीजि विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा विधेयकको विरोधमा नवलपुर सदरमुकाम कावासोतीमा बस तथा भ्यान र्याली निकालेका छन् । देशब्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत नवलपुरमा पनि स्कुल बस र भ्यानलाई दोस्रो पटक सडकमा उतारेर प्रदर्शन गरिएको हो ।
सूूर्योदय नगरपालिका–२, बागवीरेस्थित टङ्क काफ्लेका तीन वटा बाख्रा सोमबार बिहान कालो चितुवाले खाएको भेटियो ।