पूर्ण छात्रवृत्ति, गैरनाफामूलक प्रावधानलगायत शिक्षा विधेयक २०८० का नयाँ व्यवस्थाप्रति निजी विद्यालय असन्तुष्ट छन् । विद्यालयका चाबी बुझाउनेदेखि सांसदलाई जिल्ला प्रवेशमा रोक्ने चेतावनी उनीहरूले सार्वजनिक गरिरहेका छन् ।
जिल्ला समन्वय समिति गुल्मीले बर्सेनी वार्षिक प्रगती समीक्षा गर्ने गर्दछ । समीक्षामा जिल्लाका १२ स्थानीय तह, विकासे अड्डा, संस्थान र भूमि आयोगले समेत आफ्नो कार्यसम्पादनको अवस्था प्रस्तुत गरे ।
प्रधानमन्त्री केपी शर्मा ओली यतिबेला चीन भ्रमणमा हुनुहुन्छ । उहाँ दुईपक्षीय तथा बहुपक्षीय कूटनीतिक भेटघाटमा व्यस्त हुनुहुन्छ । राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन जानुभएका प्रधान
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा रहेको थाक्पाखोला लघु जलविद्युत आयोजनामा बाढीले क्षति पुर्याएको छ । सोमबार राति आएको बाढीले लेलेपमा रहेको ५० किलोवाट क्षमताको लघुजलविद्युतमा बाढीले क्षति पुर्याएको हो ।
राजनीतिक दल सार्वजनिक सम्पत्ति हुन् । नागरिक समर्थन नै दलको मूल पुँजी भएकाले सार्वजनिक सम्पत्ति भनिएको हो । संसदीय राज्यप्रणालीमा दलले नै आमनागरिकको प्रतिनिधित्व गर्छन् भन्ने विश्व मान्यता छ । जनमत अभिव्यक्त गर्ने काम पनि दलकै हो ।
अठारौँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा महेन्द्र पुस्तकालय नेपालगन्जले दुई जना साहित्यिक साधकलाई आइतबार सम्मान गरेको छ ।
। गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन भएका दुई युवाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । रघुगंगा गाउँपालिका– २ भगवती घर भई हाल जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत कुमार रिजाल र बेनी नगरपालिका– ६ जामुनाखर्क घर भएका हरिप्रसाद रिजाल शनिबार राति करिब ११ बजेदेखि बेनी बजारबाट सम्पर्कविहस्न हुनुभएको थियो ।
राष्ट्रिय सांस्कृतिक, धार्मिक महत्वको पर्व इन्द्रजात्राको तयारी पूरा भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा यस वर्ष बिहीबार भदौ १९ गते बिहान १० बजेर ३१ मिनेटको शुभसाइतमा यःसिं थनेगु (इन्द्रध्वज) उठाइने जानकारी दिइएको हो ।
अर्घाखाँचीको नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान भैरवनाच सुरु भएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन सुरु हुने यो नाच कात्तिक औँसीसम्म चल्ने गर्दछ । स्थानीय मान्यता अनुसार यो नाचको विसर्जन देउसीभैलीको मादल बज्नुअघि गर्नु पर्छ ।
बर्दियाको गेरुवा गाउँपालिका–१ मा पर्ने पर्यटकीय स्थल ओखरिया इन्टेक पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ । कर्णाली नदीको बिच भागमा रहेको यो इन्टेक गर्मीमा त्यहाँ पुग्ने पर्यटकलाई शीतलता मात्र होइन, प्राकृतिक सौन्दर्यको अद्वितीय अनुभव दिन्छ ।
सरकारले यही भदौ ३० देखि चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङ कर्पोरेसनमार्फत उपत्यकासहित देशभर सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारले अति आवश्यकीय खाद्यवस्तुमा उपभोक्तालाई राहत दिने उद्देश्यसहित विगतका वर्षमा झैँ विशेष छुट गरेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उच्च सिप भएका युवाका लागि दक्षिण कोरिया जाने बाटो खुलेको छ । नेपाली श्रमिक ई–७ भिसामा दक्षिण कोरिया पठाउनेसम्बन्धी कार्यविधि तेस्रो पटक संशोधन भएसँगै नेपाली युवालाई उच्च सिपमा कोरिया जाने बाटो खुलेको हो । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत ई–९ भिसामा नेपाली युवा जिटुजीबाट जाँदै आएका छन् ।
सन् २०२५ को अगस्तमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अगस्तमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । जुन गत वर्षको तुलनामा यस वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले बढी हो । यसअघि सन् २०२४ को अगस्तमा ७२ हजार ७१७ पर्यटक नेपाल भित्रिएका थिए ।