गोरखामा बस दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
विगत दुई दशक भन्दा बढि समयदेखि नेपाली गीत संगीतमा सक्रिय गायक नारायण थापाको आवाजमा रहेको नयाँ गीत “माया मारिगयौ” सौगात जंग थापा युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक भएको छ। गीतमा पिटर दर्नालको शब्द, विशाल निरौलाको संगीत र एरेन्ज, रञ्जन राईको मिक्सिंग मास्टरिंग रहेको छ भने सुशान्त ढकाल र एलिना गुरुङ्ग लगायतका कलाकारको अभिनय, दिपक गिरीको छायांकन राकेश दाहालको सम्पादन र राजिव समरको निर्देशन रहेको छ।
स्याँलेखोलाको भीषण बाढीले सुनकोशी गाउँपालिका–३,४ र ५ नम्बर जोड्ने पक्की पुल बगाएको छ । असार १५ गते रातिको भीषण वर्षातले स्याँलेखोलामा आएको बाढीले पुल बगाएको हो ।
जाजरकोट सदरमुकाम खलङ्गामा पहिरोको जोखिम बढ्दै गएको छ । भेरी नगरपालिका–३ र ४ का विभिन्न ठाउँमा पहिरो खसेपछि स्थानीय त्रसित भएका छन् । भूकम्पले चर्किएको जमिनमा अविरल बर्सातका कारण पहिरोको जोखिम बढ्दै गएको छ ।
चिनियाँ पक्षले दुई देशको सिमाना हिल्सामा नेपालतर्फको सडकलाई कालोपत्रे गरेको छ । यसअघि गत मङ्सिर महिनामा दुई देश जोड्ने मितेरी पुल चिनियाँ पक्षले निर्माण गरिसकेको र अब सम्झौता अनुसारको नेपालतर्फको सडक कालोपत्रे गर्ने कार्य पनि सम्पन्न गरेको हो ।
बिपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत गरिने भएको छ । हालको मनसुनमासमेत अवरुद्ध हुन नदिइएको उक्त राजमार्गको क्षतिग्रस्त सडक दुई हप्ताभित्र पुनः मर्मत गरिसक्ने भक्तपुर डिभिजन सडक कार्यालयले जनाएको छ ।
सल्यानमा किसान, कृषि सहकारी तथा नागरिक समाजका प्रतिनिधि, कृषिविज्ञ एवं अन्य सरोकारवालाको प्रत्यक्ष सहभागितामा कृषि ऐन निर्माण हुन लागेको छ ।
सुदूरपश्चिम प्रदेशमा गिद्धको अवस्था सुधारोन्मुख देखिएको छ । पछिल्लो समय समुदायका मानिसमा संरक्षणसम्बन्धी बढेको चेतना, गिद्धलाई असर गर्ने विषादी निषेधलगायत कारणले गिद्धको अवस्था सुधारोन्मुख भएको हो । विगतमा धेरै देखिएको गिद्ध बिचमा हराउन थालेका थिए तर समुदाय सचेत हुनुका साथै संरक्षणसम्बन्धी गतिविधि बढेपछि फेरि गिद्धको ‘कोलोनी’ यत्रतत्र देखिन थालेको छ ।
स्थानीय तहले औषधी खरिदमा अनियमितता गर्ने गरेको पाइएको छ । बैतडीका १० वटा स्थानीय तहले ऐन कानुन मिचेर खुला प्रतिस्पर्धा नगरेर सोझै औषधी खरिद गर्ने गरेको, बजेट टुक्रा गरेर औषधी किन्ने गरेको, औषधीको उत्पादन मिति, ब्याच र नेपाल गुणस्तर चिह्न यकिन नभएको औषधी किन्ने गरेको पाइएको हो ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालले सार्वजनिक सेवामा ढिलासुस्ती र अलमल्याउने प्रवृत्ति तत्काल अन्त्य गर्न निर्देशन दिनुभएको छ । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा सोमबार आयोजित ‘नागरिक सन्तुष्टि र सुशासन प्रवर्धनमा सार्वजनिक निकायको भूमिका’ विषयक अन्तव्र्रिmयामा उहाँले सरकारी कार्यालयमा नागरिकले सहज, छिटो र प्रभावकारी सेवा पाउनुपर्नेमा जोड दिनुभयो । अर्यालले
छाउपडी प्रथा हटाउन सरकारले जति प्रयास गरे पनि त्यो हट्न सकेको छैन । महिनावारी (रजस्वला) भएको बेला घर छाडेर छाउगोठ बस्ने चलनले महिलाको ज्यानसमेत गइरहेको छ । तैपनि महिला सचेत भएका छैनन् । भदौ ६ गते सोही कारणले एक जना महिला र एक जना बालिकाको ज्यान गएको हो ।
गोरखामा बस दुर्घटनामा परी घाइते हुनेको सङ्ख्यो २६ पुगेको छ भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
नियमविपरीत कालीगण्डकी नदी उत्खनन गरी निकालिएको नदीजन्य पदार्थ बालुवा जफत गरिएको छ । नियमविपरीत सङ्कलन गरिएको नदीजन्य पदार्थ जिल्ला समन्वय समिति बागलुङको सक्रियतामा जफत गरी बागलुङ नगरपालिकालाई कारबाहीका लागि पठाइएको हो ।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसँग जोडिएको छ । यो बस्तीमा महाकाली नदीको लगातारको कटानले बढी क्षति पुगेको हो । स्थानीयका अनुसार नदीको कटानले यहाँ दुई बिघाभन्दा बढी जमिन नदीमा समाहित भइसकेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थारू भाषा