एक साताअघि सर्लाहीको गोडैता नगरपालिका –४, रोहुवामा आगलागीबाट क्षति भएको उखु चिनी मिलहरुले खरिद गरिदिने भएका छन् ।
सरकारका मन्त्रिहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरले वर्तमान सरकार देशलाई अस्थिरता, अन्योल र दिशाहिनतातर्फ धकेल्न उद्धत रहेको आरोप लगाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले भेरीगंगा नगरपालिका(११ मा निर्माणाधीन प्रक्रियामा रहेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मङ्गलवार स्थलगत अवलोकन गर्नु भएको छ।
कोशी प्रदेशका चिकित्सकले सरकारबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
बालविवाह रोक्नका लागि स्थानीयस्तरमा व्यापक रुपमा जनचेतना जगाउन आवश्यक रहेको एक कार्यक्रमका सहभागीले बताएका छन्।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा जङ्गली जनावर भालु नियन्त्रण गर्न खोर (फलामे पासो) राखिएको छ। केही दिनयता निरन्तर भालुले पशुचौपाया खाएर क्षति गर्न थालेपछि नियन्त्रण गर्न खोर राखिएको हो।
खाद्यमा भएको मिसावटका कारण मानिसको स्वास्थ्यमा समस्या बढेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा आयोजित एमटिबि इन्टरनेसनल मास्टर्स चेस प्रतियोगितामा नेपाली युवा खेलाडी पुरुषोत्तम सिलवालले मिश्रित नतिजा निकाल्नुभएको छ ।
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिथ्या सूचनाका कारण सञ्चार माध्यमप्रति पाठक, स्रोता र दर्शकको विश्वसनीयता घटिरहेको बेला तथ्यजाँच आवश्यक रहेको औँल्याउनुभएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा प्रहरी नायब निरीक्षकविरुद्ध आरोपपत्र दायर गरिएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्गलबार प्रशिक्षक पाठकसँग गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै पाठकले नेपाली महिला टोली आइसिसी टी–२० विश्वकपमा छनोट हुनेमा आफु आशावादी रहेको पनि बताउनुभयो ।
अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता भएको भन्दै पुस ९ र ११ गते विद्यालय बन्द गरिएको जनाएको छ ।
जेनजी आन्दोलन (भदौ २३ र २४) घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहसचिव, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको स्थान हद फुकुवा गरेको छ ।