आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र गतिमा अगाडि बढाइएको छ । जिल्लाका सबै सुरक्षा निकाय र निर्वाचन कार्यालयले आन्तरिक तयारी तीव्र गतिमा अघि बढाएका हुन् ।
वरिपरि सबैतिर सुक्खा भिर छ । भिरकै बिचमा एउटा खोँच, खोँचमा सानो ओडार अनि ओडारभित्र गाईका थुन झैँ देखिने पत्थरबाट निरन्तर जल चुहिरहेको हुन्छ । सबैभन्दा अनौठो त सो रसाइरहेको
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) संरक्षित जङ्गलमा सिसी क्यामरा राखिएपछि वन्यजन्तुको अवैध चोरीसिकारीमा नियन्त्रण भएको छ । चोरीसिकारी नियन्त्रण तथा वन्यजन्तुको निगरानीका लागि संरक्षण क्षेत्रका संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले सरकारी सेवालाई थप प्रभावकारी, झन्झटमुक्त र जनमुखी बनाउन स्थानीय तहमा प्रशासन–जनप्रतिनिधि’ विशेष कार्यको थालनी गरेको छ । जिल्लाका सातवटै पालिकामा पुगेर सेवा प्रवाहको अवस्था बुझ्ने र सुधार गर्ने लक्ष्यका साथ सुस्ता गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । सरकार, निर्वाचन आयोग, सुरक्षा निकायसहित सम्पूर्ण निकाय तोकिएकै मितिमा निर्वाचन गराउन दत्तचित्त भएर लागेका छन् । राजनीतिक दल पनि निर्वाचनमा जान आतुर छन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ । उहाँले निर्माण कम्पनीले समयमै सुरुङमार्ग निर्माणमा काम सक्ने गरी आवश्यक सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।
बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नं ४ र ७ को बिचमा रहेको छेडेदह ताल यती बेला पाहुनाको रोजाइमा पर्दै गएको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका उम्मेदवारका लागि जिल्लाबाट सिफारिस भएर आएका सबै नाम केन्द्रीय समितिमा पठाएको छ ।
लामो समयदेखि विस्तार हुँदै आएको बुटवल–नारायणगढ सडकखण्डमा हालसम्म ४२ वटा पक्की पुल निर्माण भएका छन् । तीमध्ये पूर्वी खण्डमा ३३ वटा र पश्चिम खण्डमा नौ वटा ठुला पुलको काम पूरा भएको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा निर्माण गर्नुपर्ने सबै पुलको काम सकिएको छ भने पूर्वी खण्डमा एउटा पुल निर्माण हुन बाँकी छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
दाङको बङ्गलाचुली गाउँपालिकामा सिमेन्ट उद्योगका कारण प्रभावित स्थानीय र उद्योगबिच १९ बुँदे सहमतिसँगै विवाद समाधान भएको छ । यहाँ भएको छलफलसँगै स्थानीय र सिमेन्ट उद्योग (घोराही सिमेन्ट र सम्राट् सिमेन्ट उद्योग) बिच १९ बुँदे सहमतिसँगै मङ्सिर १५ देखि बन्द रहेका टिप्पर सञ्चालन हुने भएका हुन् । सिमेन्ट उद्योग प्रभावित बङ्गलाचुली गाउँपालिका–४, पन्त टोललगायतका स्थानीयले सडक मर्मत गर्नुपर्ने, पानीको मुहान संरक्षणमा ध्यान दिनुपर्ने, सिमेन्ट उद्योगले प्रभावित भएको जग्गा उद्योगले खरिद गर्नुपर्नेलगायतका माग राख्दै टिप्पर सञ्चालनमा रोक लगाएका थिए ।
तनहुँको ऐतिहासिक पहिचानका रूपमा निर्माणको क्रममा रहेको भानु–घाँसीग्रामलाई सबै जातजातिको साझा सांस्कृतिक संगमस्थल बनाइने भएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।