कञ्चनपुरमा बाढीका कारण झन्डै ४ दर्जन परिवार विस्थापित भएका छन् । लगातार वर्षापछि जोगबुडा नदीमा आएको बाढीका कारण १ सय २५ जनालाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
अविरल वर्षापछि आएको पहिराले कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध भएको छ । भदौ १४ गते बिहान ९ः४५ बजेदेखि कर्णाली राजमार्ग अन्तर्गतको कालिकोट शुभकालिका गाउँपालिका –१ गगनेखोलामा भएको अवरुद्ध अझै खुलेको छैन् । तीनदेखि सडक पूर्णरुपमा अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर गएका ट्रक बाटोमा अलपत्र परेका छन्।
बारा, पर्सा र रौतहट क्षेत्रमा कम्युनिस्ट आन्दोलनको आधारशीला राख्नेमध्येका एक अग्रज नेता नन्दन अर्यालको ९५ वर्षको उमेरमा निधन भएको छ। उहाँको जन्म बाराको कलैया उपमहानगर पालिका –१४ बघवनमा १९८८ मा भएको थियो ।
रौतहटको बौधीमाई नगरपालिका–४, इनरबारीका एक पुरुषको करेन्ट लागेर ज्यान गएको छ । करेन्ट लागेर घाइते हुनुभएका ५२ वर्षीय अजयनारायण मिश्रको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।
गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताउनुभएको छ ।
भाद्र शुक्ल पूर्णिमाका दिन यही भदौ २२ गते आइतबार खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कालीकोटको गगनेखोलामा ठुलो ढुङ्गासहितको पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
भदौ १७ गते देखि १९ (सेप्टेम्बर २–४) सम्म स्वीजरल्यान्डको जेनेभामा आयोजना हुने विश्व युवा शिखर सम्मेलनमा भाग लिन काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा राष्ट्रिय परिचयपत्र बनाउनेको चाप बढेपछि सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुबिच दुईपक्षीय भेटवार्ता भएको छ । साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलनका लागि चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री ओली र राष्ट्रपति मिज्जुबिच भेटवार्ता भएको हो ।
गोरखाको पालुङटार नगरपालिकाको ३ वडामा रोपिएको धान बालीमा मरुवा रोग लागेपछि किसानहरू चिन्तित भएका छन् ।
ताप्लेजुङको सिरिजङ्घा–५ पेदाङमा पहिरोले एक परिवारलाई विस्थापित बनाएको छ ।
साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबिच दुई पक्षीय भेटवार्ता भएको छ ।
गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँ हिला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गर्नुभयो । हाल उहाँ स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त हुनुहुन्छ ।
जन्म दिने आमाले आफ्नो २० महिनाकी छोरीलाई छाडेर घरबाट हिँडेपछि बालिकाको बिचल्ली भएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका –१ पटारे निवासी आमा दिला गिरीले आफ्नी छोरी दुधे बालक दीपा गिरीलाई छाडेर हिँडेपछि कारुणिक अवस्था सिर्जना भएको छ ।