घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
बुर्तिवाङ जिल्ला अस्पतालमा जनशक्ति, उपकरण र रक्तसञ्चारको अभाव भएको छ । नियमित अपरेशन सेवा सञ्चालन गर्न रक्तसञ्चार केन्द्रको अभाव भएको हो भने प्रशासनिक कामका लागि लेखा अधिकृत अभावले सास्ती खेप्नुपरेको छ ।
क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरेको छ । उनलाई तीन वर्षका लागि ब्रान्ड एम्बासडरका रूपमा अनुबन्ध गरिएको हो ।
माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति घरकुरुवा र पशुचौपायाको रेखदेखमा बसेका छन् ।
चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् ।
स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाको पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्ने हो भने यहाँका युवा लागुऔषधको दलदलमा फस्दै गएको देखिन्छ ।
यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो ।
विगत चार दिनदेखि निरन्तर शीतलहर चलेर अत्यधिक चिसो भइरहँदा सर्लाहीसहित मधेशको जनजीवन कष्टकर बनिरहेको छ । यहाँ रातदिन नै लगातार शीतलहर चलेर कठ्याङग्रिदो चिसो हुँदा बालबालिका, वृद्धवृद्धा, अशक्त र दीर्घरोगी बढी प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना हटाउने भएको छ । यसका लागि महानगरले सूचना प्रकाशित गरी ३५ दिनको समय दिएको छ ।
दाङको घोराहीमा रहेको भरतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्वका लागि शंकर गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।
जेनजी समूहद्वारा गत भदौ २४ गते आगजनी भएको नापी कार्यालय सुर्खेतले सेवाग्राहीलाई किस्ता किस्तामा सेवा दिन थालेको छ । गत मङ्सिर १ देखि अनलाइनमा भएका कित्ताको नक्सा प्रिन्ट गरी उपलब्ध गराउने (नेलिस प्रणाली) को मात्र सेवा सुरु गरेको कार्यालयले यही पुस १ देखि नेलिस प्रणालीमा रहेका अधिकांश कित्ताको फिल्ड रेखाङ्कन, कित्ताकाट, लगतकट्टा र कित्ता एकीकरणको सेवा सुरु गरेको हो ।
स्थानीय तहमा निर्वाचन महिला जनप्रतिनिधिले आफ्नो भूमिका केवल औपचारिकतामा मात्र सीमित रहेको गुनासो गरेका छन् । स्थानीय तहका वडा तथा कार्यपालिका सदस्यमा निर्वाचित महिला जनप्रतिनिधिले वास्तविक प्रभाव नपाएर कागजमा हस्ताक्षर गर्ने वा निर्णयको वैधानिकताको साक्षी बस्नुमै सीमित भएको अनुभव सुनाएका छन् ।
जुम्लाको तातोपानी गाउँपालिका–८, टोप्ला क्षेत्रमा पर्ने इमिल्चा, मछालबाडा र बुढाबाडाका बासिन्दा अहिले पनि मोबाइल नेटवर्कका लागि घन्टौँ पैदल हिँड्न बाध्य छन् । उक्त ठाउँमा टेलिफोनको टावर बने पनि फोन नलाग्दा स्थानीवासी सञ्चार सुविधाबाट वञ्चित रहनु परेको छ ।