नवलपरासी जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफ्लाइटिस (जेई) रोगको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
कोहलपुर–सुर्खेत १३२ केभिए विद्युत् प्रसारण लाइनको काम तिहारसम्ममा सम्पन्न गरेर सञ्चालनमा ल्याउन सङ्घ तथा प्रदेश सरकारले एकसाथ निर्देशन दिएका छन् । शनिबार विद्युत् प्रसारण लाइन अन्तर्गत सुर्खेतदेखि बाँकेको कोहलपुरसम्म बनेको विभिन्न संरचनाको स्थलगत निरीक्षण गर्न पुग्नुभएका कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र चिसापानीको एक छलफलमा पुगेका सङ्घका वन तथा वतावरणमन्त्री ऐनबहादुर शाहीले सो निर्देशन दिनुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
राष्ट्रिय परिचयपत्र बनाउने विवरण भर्न आउने सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय दैलेखले स्टेसन थप गरेको छ । पछिल्लो समयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेपछि कार्यालयले इलाका प्रशासन कार्यालय दुल्लुमा स्टेसन थप गरेर राष्ट्रिय परिचयपत्र बनाउन सुरु गरेको हो ।
हुम्लामा सुत्केरीलाई सुत्केरी भएको २० दिनसम्म घरभन्दा अलग्गै गोठमै राख्ने गरिएको छ । देवीदेवता रिसाउने र घरमा समेत जुठो हुने भन्दै सुत्केरी आमा र बच्चालाई २० दिनसम्म गोठमा राख्ने गरिएको पाइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
सुर्खेत–जुम्ला कर्णाली राजमार्गको जोखिम खण्ड अहिलेसम्म मर्मत भएको छैन । सडक सञ्चालनमा आएको दुई दशक पुग्न लाग्दा पनि जोखिम भएका खण्डमा मर्मत हुन सकेको छैन ।
गोरखापत्र दैनिकका मुगु समाचारदाता हरिकृष्ण ऐडीसहित पाँच जना पत्रकार र एकजना जिल्लाकै उत्कृष्ट उद्घोषकलाई सम्मानित गरिएको छ ।
मुस्ताङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कडाइ गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले कालीगण्डकी, कागखोला र लार्जुङखोलाबाट अवैध तरिकाले ढुङ्गा, गिट्टी, बालुवाको उत्खनन तथा ओसारपसार गरेका ट्याक्टर, टिप्पर र एक्साभेटरलाई नियन्त्रणमा लिई जरिबाना गरेको छ ।
सर्लाहीको मलङ्गवा नगरपालिका–६, सुखैनिया टोलमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सप्तकोशी नदीमा पानीको सतह बढेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ ।
नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन पुग्ने सडकको दुरावस्थाका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । राष्ट्रिय प्राथमिकताको आयोजनाका रुपमा रहेको सालझण्डी–ढोरपाटन सडक ट्रयाक खुलेको १० वर्ष बित्दा पनि स्तरोन्नति भएको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जन प्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोन्ङ्लौन सिसौलिथबीच सोमबार भेटवार्ता भएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली युवामा सकारात्मक सोच र आत्मविश्वासको जरुरी रहेको बताउनुभयो । तनहुँको सदरमुकाम दमौलीमा आयोजित जेसिस सम्मेलनको उद्घाटन गर्दै नेपाली युवाले म नेपालमा केही गर्छु र गर्न सक्छु भन्ने मानसिकता अपनाउनुपर्ने बताउनुभयो ।
राष्ट्रियसभाको बैठक आज अपराह्न १५ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सभाध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउन हुनेछ ।