ताप्लेजुङमा वार्षिक समीक्षा तथा असल अभ्यास आदान प्रदान कार्यक्रम सुरु भएको छ । जिल्ला स्थित सङ्घ प्रदेश सरकारको विषयमा कार्यालय र स्थानीय तहहरूको आर्थिक वर्ष २०८१/८२ को समीक्षा कार्यक्रम सुरु भएको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा केही समयअघि सार्वजनिक गरिएको (नेपालमा बुढ्यौलीको अवस्था) प्रतिवेदनले नेपालको जनसाङ्ख्यकीय इतिहासमा एक ऐतिहासिक तथा गहन बदलाव ल्याएको कुरा औँल्याइएको छ । यस प्रतिवेदनले राष्ट्रिय कुल जनसङ्ख्यामा बुढ्यौलीभित्र पर्ने र बुढ्यौली उन्मुख जनसङ्ख्याको प्रवृत्ति र प्रकृति विश्लेषण गरी विसं २०४८ पछि जनसङ्ख्याको पिरामिडमा अभूतपूर्व परिवर्तन ल्याएको उल्लेख गरिएको छ । यसको मूलभूत कारक
युवा साहित्यकार शम्भु राईको कवितासङ्ग्रह ‘आदर्श पहाड’ को राजधानीमा सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठाका कुलपति भूपाल राई, प्राज्ञ श्रवण मुकारुङ तथा कविका आफन्तले संयुक्त रूपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
तामाङ भाषाको पत्रिका ‘याम्बुलिङ’ को लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानद्वारा मातृ भाषाको प्रवर्धनको उद्देश्यले प्रकाशित तामाङ भाषाको पत्रिका याम्बुलिङको लोकार्पण गरिएको हो ।
काठमाडौँ उपत्यकालाई कर्मथलो बनाएर बसोबास गर्दै आएका सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले धुमधामका साथ आइतबार गौरा पर्व मनाएका छन् । प्रशंसा संरक्षण समूहले टुँडिखेलमा आयोजना गरेको गौरा मेलामा भेला भएका हजारौँ सुदूर र कर्णालीका बासिन्दाले त्यहाँको कला तथा सांस्कृतिक नृत्यसहित गौरा नाच र देउडा खेलेर यो पर्व मनाएका हुन् ।
गुल्मीको मुसिकोट नगरपालिका–३ कोे साना किसान कृषि सहकारी संस्थाले पहाडी भेगमा उत्पादन हुने पोषिलो मकैको आटो औपचारिक रुपमा बजारिकरण गरेको छ । आटो बजारिकरणको शुभारम्भ मुसिकोट नगरपालिकाका प्रमुख जिवलाल खरेल ‘जीवन’ ले गर्नुभयो ।
एनआइसी एसिया बैङ्कले तीन करोडसम्म रुपियाँसम्मको घर कर्जा प्रदान गर्ने उद्देश्यले ‘एन आइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नारासाथ बैङ्कले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने बैङ्कले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह रहेको देखिन्छ ।
बजेट हुँदाहुँदै औद्योगिक ग्राम निर्माणका लागि जग्गाको टुङ्गो भई विस्तृत अध्ययन प्रतिवेदन बनिसक्दा पनि काम अघि बढ्न सकेको छैन । मेलौली नगरपालिकाको कफलानीमा औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले ९२ लाख रुपियाँ पठाए पनि वातावरणीय अध्ययन प्रतिवेदन तयार हुन नसक्दा चार वर्षसम्म काम अघि बढ्न नसकेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले देशको विकासनिर्माणमा अवरोध गर्ने, सानोतिनो बहाना बनाएर मुद्दा हाल्ने, अन्तरिक आदेश लिने प्रवृत्तिलाई कानुनी रूपमा निस्तेज गर्न जरुरी भएको बताउनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शाङ्घाइ सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनुभएको छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारण सभाको आइतबार यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउन र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।”
इलामको रोङ गाउँपालिका–३, मार्से (सिम्ले) गाउँका किसानलाई अहिले अलैँची टिप्न भ्याइनभ्याइ छ । यसबेला चिसो र लेकमा अलैँचीले फल छोड्दै छ भने बेँसीका खेतमा पाक्नै लागेको छ ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्ककाअनुसार अमेरिकी डलर एकको खरिदर १४० रुपियाँ ८२ पैसा र बिक्रीदर १४१ रुपियाँ ४२ पैसा कायम भएको छ ।
सुर्खेतसँगै सिमाना जोडिएको दैलेखको गुराँस गाउँपालिका–४, साल्तडाका किसानले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहलाई किसानले मकैमा रोग लागेको भन्दै फोन गरेका छन् । ती किसानले फोन गरेको २४ घण्टाभित्रै मन्त्री शाहले आइतबार विज्ञसहितको टोली लिएर किसानको खेतबारीमा अनुगमन गर्नुभएको छ ।