• ८ पुस २०८२, मङ्गलबार

नियो स्टोरको प्रिमियम आउटलेट

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, पुस ८ गते । नियो स्टोरले काठमाडौँको लाजिम्पाटमा नयाँ प्रिमियम आउटलेट सञ्चालनमा ल्याएको छ । सामान खरिद गर्ने स्थान मात्र नभई प्रविधि अनुभव गर्ने र मनोरञ्जन लिने गन्तव्यका रूपमा यो स्टोरलाई विकास गरेको कम्पनीले जनाएको छ । 

स्टोरमा गेमिङ पारखीका लागि ठुला स्क्रिनसहितको छुट्टै गेमिङ तथा इन्टरटेनमेन्ट जोन राखिएको कम्पनीले जानकारी दिएको छ । यसले प्रविधिका नवीनतम गतिविधिलाई अनुभव गर्न सहयोग पुग्ने उल्लेख कम्पनीले गरेको छ । 

नयाँ स्टोर सञ्चालनका अवसरमा कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय तथा नेपाली ब्रान्डका प्रोडक्टमा विशेष छुटको घोषणा गरेको छ । जस अनुसार ग्राहकले असुस, हाई फ्युचर, डेल, एप्पल, ब्ल्याक सार्क, फ्यानटेक, बेलकिन, लजिटेक, बेसियस र इम्पेरियन जस्ता ब्रान्डका सामग्रीमा छुट पाउने छन् । 

त्यस्तै पहिलो १० जना ग्राहकलाई विशेष उपहार र पहिलो एक सय जना ग्राहकका लागि ल्यापटप तथा डेस्कटप खरिदमा विशेष अफरको व्यवस्था गरिएको छ ।