जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार वीरगञ्ज–पथलैया सडकखण्डमा आइतबार दिउँसो दुई मोटरसाइकल ठोकिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो। दुर्घटनामा अर्को एक जना गम्भीर घाइते छन्।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो ६२औँ वार्षिकोत्सवको अवसरमा प्रदान गरेको सम्मान तथा पुरस्कार प्रति नेपाल तेक्वान्दो सङ्घले आपत्ति प्रकट गरेको छ ।
जिल्लाको मुसीकोट नगरपालिका–१ छिङमा पहिरोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ ।
पहिरोले जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ । भेरी नगरपालिका–१, कालेगाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) को १९औँ वार्षिक साधारण सभाले नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
नेपाल ‘ए’ क्रिकेट टोलीले टी–२० अभ्यास खेलमा आसाम प्रदेश क्रिकेट सङ्घविरुद्ध दोस्रो जित निकालेको छ ।
बाँकेको दुर्गम मानिने तथा स्वास्थ्य सेवाको पहुँचसमेत न्यून भएको नरैनापुर गाउँपालिकामा सञ्चालनमा आएको अल्ट्रासाउन्ड सेवाले गर्भवतीहरूलाई सहज भएको छ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले नेपाल सरकारले हालै गठन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई ओसिएको लोगो अनधिकृत रुपपमा प्रयोग नगर्न चेतावनी दिएको छ।
दाङको राप्ती गाउँपालिकाले पालिकाका सबै सूचना तथा जानकारी मोबाइल फोनमार्फत नागरिकसम्म पुर्याउन सुरु गरेको छ ।
टेनिस खेलाडी माहिका राणा र बास्केटबलका विजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को आयोजनामा हुने एथलेट्स फोरममा भाग लिनुहुने भएको छ ।
प्रधानन्त्री ओलीले समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री चिङसँग थियानजिनमा दुईपक्षीय भेटवार्ता गर्नुभएको उहाँको निजी सचिवालयले जानकारी दिएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको प्रतिनिधिमण्डल स्तरको वार्तामा आफ्नो प्रारम्भिक टिप्पणीमा चीन र भारत मित्र हुनु र ‘ड्र्यागन र हात्ती’ एकजुट हुनु महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताउनु भएको छ ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहिद स्मृति प्रतिष्ठान रूपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’ को शालिक अनावरण गर्नुभएको छ ।
बाजुराको कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको छ।निर्माण भएको झण्डै ४५ वर्ष वर्षपुग्दासम्म विस्तार हुन नसकेको कारागारमा कैदी भने बढ्दै गएका छन्।