विगत वर्षमा घुम्ती विद्यालय सञ्चालन गर्दै आएको हिमाली जिल्ला मनाङमा यस वर्ष पनि जाडो छल्न डेढ महिनादेखि दुई महिनासम्मको लामो जाडो बिदा दिइने भएको छ ।
देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्, जसले कुल मतदाता सङ्ख्यामा ५.६५ प्रतिशतले वृद्धि गरेको निर्वाचन आयोगले जनाएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका–३, गोइठी टोलबाट हराएका चार जना बालबालिका सकुशल फेला परेका छन्।
पाल्पाको निस्दी गाउँपालिकाले एकीकृत घुम्ती शिविरबाट एक हजार ८१८ नागरिकलाई सेवा पाएका छन् ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए-नेपाल) अन्तर्गत बन्ने दुई वटा सडक आयोजनाका लागि करिब दुई करोड ३७ लाख अमेरिकी डलर बराबरको सम्झौता भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
बन्दीपुर भ्रमण वर्ष २०२५ को समापन तथा तमु ल्होसार पर्वको अवसरमा आगामी पुस १५ गते बन्दीपुरमा विशाल ‘कौरा नृत्य’ प्रदर्शन गरिने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले चालु आर्थिक वर्ष ०८२-०८३ को पाँच महिनाको अवधिमा ३७ लाख २८ हजार राजश्व सङ्कलन गरेको छ ।
युक्रेनले रुसका तीव्र गतिमा विकसित आत्मघाती ड्रोनविरुद्ध हवाई रक्षा मजबुत बनाउन स्वदेशमै विकास गरिएको शक्तिशाली र कम लागतको नयाँ ‘ड्रोन किलर’ प्रयोग गरिरहेको जनाएको छ ।
एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले हरायो । अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई ६–१ गोलले स्तब्ध बनायो ।
मस्कोको दक्षिणी भागमा सोमबार एक वरिष्ठ रूसी जनरलको कारमा राखिएको बम विस्फोट हुँदा उहाँको मृत्यु भएको छ ।
डिभिजन वन कार्यालय नवलपुरले ठुलो परिमाणमा जङ्गली जनावरको अवैध मासु बरामद गरेको छ । कार्यालयले विनयी त्रिवेणीको दुम्कीबास क्षेत्रबाट नवलपरासी लैजाँदै गरेको अवस्थामा जङ्गली जनावरको मासु बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरीमा कार्यरत बहालवाला तथा पूर्वसशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र सर्वसाधरण नागरिकलाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नेपाल एपीएफ अस्पतालले तीन सय शय्यासहितको सेवा विस्तार गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारबाट सुरु भएको छ । वडा १ मा रहेको पालिका खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।