नेपाल स्टक एक्सचेञ्ज परिसूचक १३ दशमलव ८८ अङ्कले घटेर दुई हजार ५८१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङ शिल्ड तथा बृहत् शैक्षिक महोत्सव सोमबारबाट सुरु भएको छ । वडा १ मा रहेको पालिका खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।
सन्दीपले बिपीएलमा राजशाही वारियर्स टोलीबाट प्रतिस्पर्धा गर्नुहुनेछ । सन्दीपलाई एक साताअघि मात्र राजशाहीले अनुबन्ध गरेको थियो ।
दोलखाका सदरमुकाम चरीकोटमा रहेको पशु सेवा कार्यालय विगत लामो समयदेखि भवन नहुँदा सेवा प्रभावित बनेको छ ।
स्पेनिस ला लिगाको शीर्ष स्थानमा आसिन बार्सिलोनाले भिल्लारियलमाथि सहज जित निकालेको छ ।
रुसले युरेशियन आर्थिक सङ्घ (ईएइयु)का सदस्य राष्ट्रसँगको पारस्परिक लाभमा आधारित सहकार्यलाई उच्च प्राथमिकता दिँदै आपसी सम्बन्ध थप विकास गर्न संयुक्त प्रयास तीव्र बनाउने योजना बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार बताउनुभएको छ ।
रुस र युक्रेनबिच झण्डै चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि अमेरिकाले युक्रेन र युरोपेली प्रतिनिधिसँग फ्लोरिडामा गरेको वार्तालाई ‘फलदायी र रचनात्मक’भएको जनाएको छ ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले निर्वाचन लोकतन्त्रको आधारशिला भएको बताउँदै अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
हिमालपारिको जिल्ला मुस्ताङस्थित नेपाल-चीन सीमा क्षेत्र २८ नम्बर पिल्लर आसपासका क्षेत्रबाट देखिएको सेताम्मे हिउँ, हिमशृङ्खलालगायतको दृश्य ।
आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानुनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न सहयोग गर्दै आएको यो व्यवस्था कमजोर बन्दै जाँदा अन्तर्राष्ट्रिय सुरक्षा कवच खस्किँदै गएको विज्ञको मूल्याङ्कन छ ।
तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिका जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अलपत्र अवस्थामा छ ।
मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गर्नु भएको छ ।
नेपाल बार एसाेसिएसनले आज ७०औँ स्थापना दिवस मनाएको छ ।
नबिल बैँक लिमिटेडले त्रिशूली जलविद्युत कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा चितवनको भरतपुरमा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको छ ।