धनगढी उपमहानगरपालिका –५ हसनपुरमा खाल्डोमा पुरिएर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हसनपुरका ४५ वर्षीय दीपेन्द्र जोशी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।
भौतिक संरचनामा भएको क्षतिका कारण ठप्प सुदूरपश्चिम प्रदेश सभाको बैठक झन्डै साढे तीन महिनापछि बस्ने भएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचनका लागि शान्ति–सुरक्षाको पूर्ण सुनिश्चितता गरिसकेकाले निर्वाचनबारे शंका–उपशंका गर्नुपर्ने अवस्था नरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई परिवर्तनको उत्सवका रूपमा लिन राजनीतिक दलका नेताहरूसँग आग्रह गर्नु भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति ईन्द्रबहादुर बानियाँले व्यक्तिको आस्थामाथिको प्रहार अस्वीकार्य भएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिकाका मुख्य चोक र बजार क्षेत्रमा सीसी क्यामराबाट निगरानी बढाइने भएको छ । नेपाल टेलिकम भरतपुर र जिल्ला प्रहरी कार्यालय चितवनको सहकार्यमा महानगरपालिकाका २९ वटै वडाका मुख्य चोक र मूल सडकमा सीसी क्यामरा जडान गरी निगरानी बढाउने तयारी गरिएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समितिको तेस्रो पूर्ण बैठक ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पोखराको कालाबाङ सामुदायिक होमस्टेमा सम्पन्न बैठकले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको टुंगो लगाउनेगरी अध्ययन समिति गठनको पुनः माग गरेको छ ।
कास्की प्रहरीले फेवाताल सिरानको सिमसार पुर्ने व्यवसायी युवराज खतिवडालाई सोमबार पक्राउ गरेको छ ।
ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–९ की ४१ वर्षीया आङपेम्बा शेर्पा आफ्नै छोराको हत्या आरोपमा पुर्पक्षका लागि कारागार चलान भएकी छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन समयमै हुनेमा नागरिक अगुवाहरुले आशंका व्यक्त गरेका छन् ।
लेखक डिल्लीबहादुर बिसीको कृति विवेचना सार्वजनिक गरिएको छ ।
सोमबार काठमाडौँ रत्नपार्क शान्तिबाटिका क्षेत्रमा लगुवित्त तथा मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन् ।
उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गर्नुभएको छ ।
कास्कीको पोखरा महानगरपालिकामा पर्ने ग्रामीण भूभागका किसानलाई ऊर्जा प्रदान गर्ने विभिन्न खालका महोत्सव हुने गरेका छन् ।
यहाँस्थित प्रस्तावित कनकाई नगरपालिकाको रङ्गशालामा नियमित खेल अभ्यास गर्ने खेलाडीलाई कनकाई नगरपालिका र कनकाई नगरपालिका –४ नम्बर वार्डले खेल सामग्री प्रदान गरेको छ ।